बालबालिका विद्यालयमै रमाउँछन्

मिना बुढाथोकी, सल्यान । शैक्षिक सामाग्रीले सिंगारिएको कक्षाकोठा, भित्तामा टाँसिएका कलात्मक बालचित्र र छरप्रस्ट अक्षर कार्डसँगै सिकिरहेका बालबालिकाहरु । बालबालिकालाई कलात्मक ढंगले हिमाल, पहाड, तराई समेतको अनुभवका लागी कक्षाकोठा भित्रै सबैकुरा कक्षाकोठा भित्रै उपलब्ध छ ।

दार्मा गाउँपालिका वडा न १ स्यालागाउँमा रहेको जनकल्याण आधारभुत विद्यालयको पारम्भिक बाल विकास केन्द्रमा पढ्न जाने विद्यार्थी मात्र नभई हेर्न जाने जो कोही पनि त्यहाँको दृश्यले मन्त्रमुग्द हुने गर्दछ । केही महिनाअघि शिक्षक देखेर डराउने बालबालिका दिनहँुजसो नयाँ अनुहारसँग परिचित बन्दै गएकाले कक्षा शिक्षकसँग आमाबुवा झै रमाएर पढ्ने गर्दछन् । घरमा खेलेर दिनभर भुल्ने बालबालिकाहरु आजभोली विद्यालयमा अक्षर अंक, पोष्टरसँग खेलि रहेको देखिन्छ । विद्यालयमा पुग्ने जो कोहीले नयाँ मानिस देखिए बालबालिकासँग पहिला नमस्कार गरेर परिचय खुलाउनु पर्छ ।

पैसाको माध्यमबाट मात्र विद्यालयको शैक्षिक प्रगति हुन सक्छ भन्ने मान्यतालाई तोड्दै स्थानीय स्तरमा पाइने स्रोत र साधनलाई परिचालन गरेर पनि साना बालबालिकाहरुलाई सिकाउँदा कक्षा निकै प्रभावकारी हुने जनकल्याण आधाुरभुत विद्यालयका प्राधानाध्यापक कुमार देवकोटाले बताए ।उनले भने ‘प्रारम्भिक साक्षरता र गणितिय सिप तालिमले विद्यालयमा ठुलो परिर्वतन ल्याइदिएको छ ।

जिल्लामा सेभ द चिल्ड्रिन र दलित विकास समाज सल्यानको सहकार्यमा सञ्चालित एकीकृत परियोजनाको उत्प्रेरणा तालिमले गर्दा ईसिसिडी कक्षा निकै प्रभावकारी भएको उनको भनाई रहेको छ । पाठ्यक्रममा आधारित शिक्षा प्रणालीलाई शैक्षिक सामाग्रीको माध्यमबाट शिक्षण विधि निकै प्रभावकारी हुन्छ भन्ने इसीसीडी कक्षाले देखाएको प्रअ देवकोटाले बताए ।

परियोजनाले दार्मा गाउँपालिकाका २५ र कुमाख गाउँपालिकाका ७ बाल विकास केन्द्रमा यस प्रकारको तालिम दिएको एकीकृत परियोजना शिक्षा संयोजक पुरुषोत्तम गिरीले बताए । उनले भने ‘प्रारम्भिक जग बलियो भएमात्र माथिल्लो कक्षा बढि प्रभावकारी हुने भएकाले परियोजना सञ्चालन भएका दार्मा गाउँपालिकाका सम्पूर्ण बालविकास केन्द्र र कुमाख गाउँपालिका वडा न ७ मा रहेका ७ बाल विकास केन्द्रमा तालिम दिनुका साथै प्रयाप्त मात्रामा शैक्षिक सामाग्री दिएका छौ ।

परियोजनाले टिफिन बक्स, शैक्षिक सामाग्री, बस्नका लागि म्याट,कार्पेट, लगायतका सामाग्री उपलब्ध गराएको महेन्द्र माध्यमिक विद्यालय कुमाख गाउँपालिका वडा न ७ की वाल विकास केन्द्रकी वालशिक्षिका कोपिला शाहले बताइन । शैक्षिक वातावरण बनाउन, वालमैत्री बसाई गराउन, कलिला बालबालिकालाई कसरी नियमित विदालयमा आउने वातावरण गर्ने लगायतका तालिमले विद्यालयमा ठुलो परिर्वतन ल्याएको उनले बताइन् ।

विद्यालयको शैक्षिक वातारण निमार्णका लागि शिक्षक एक्लैको प्रयास सम्भव नहुने भन्दै मासिक रुपमा अभिभावकहरुको वैठ्क बस्ने, वालवालिकाहरुको शिक्षण गुणस्तर परिक्षण गरिने लगायतका कार्य हुदै आइरहेको जनकल्याण आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुष्ण बहादुर वलीले बताए । कक्षा कोठामा तयार पारिएको हिमाल, पहाड, तराईको चित्र, त्यहाँको रहनसहन, परम्परा, बन्यजन्तस लगायतका सामाग्री, छ कुना शिक्षण विधिले विद्यालय नआउने बालबालिका तथा विचमै कक्षा छोड्ने बालबालिका अहिले नियमित विद्यालय आउने गरेको उनको भनाई रहेको छ ।

बालबालिकाहलाई माया दिएर सिकाउनु पर्दो रहेछ र वाल मैत्री व्यवहारले वालबालिका निकै सकारात्मक प्रभाव पर्ने आफुहरुलाई अनुुभुति दिएको जनज्योति माध्यमिक विद्यालय फारुलाकी वालशिक्षिका आशा चन्दले बताइन । उनले भनिन ‘परियोजनाले दिएको तालिम पछि बालबालिकालाई माया दिएर सिकाउनु पर्छ भन्ने सिक्दै छु । पाठ सिकाएर मात्र बालबालिकाल बुझ्दैनन त्यसका लागि शैक्षिक सामाग्री महत्वपूर्ण हुदो रहेछ । आजभोली त्यसलाई हामीले आत्मसाथ गरी रहेका छौं ।

विद्यालयमा आमाबुवा जस्तै माया दिएपछि ईसीस्डिि कक्षाले फड्को मारेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लिलाधर बपालले बताए । ‘हामीले जे सिकायौं बालबालिकाले त्यहि सिक्ने त हुन’ बपालले भने । एकीकृत परियोजनाको विभिन्न तालिमको प्रभावले विद्यालयको शैक्षिक गुणस्तरमा पनि वृद्धि आएको उनको भनाई रहेका छ ।

प्रतिक्रिया