आपराधिक घटनाका दोषीलाई पक्राउ गरः आयोग

काठमाडौं । मुलुकमा बढ्दो अपहरण, हत्या जस्ता घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौंको गोंगबुबाट अपहरणमा परी हत्या गरिएका ८ वर्षीय बालक प्रयास कुँवरको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको हो ।

यस्ता घटना दोहोरिन नदिन तथा बालबालिकाको सुरक्षामा संवेदनशील बन्नसमेत आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राजधानीबाटै बालक अपहरण गरी हत्या हुनुले राज्यको शान्ति सुरक्षामा गम्भीर प्रश्न खडा भएको जनाएको छ ।

आपराधिक घटनाले प्रश्रय पाउँदा स्वतन्त्र रूपमा बाँच्न पाउने व्यक्तिको अधिकार उल्लंघन भएको भन्दै आयोगले बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्नेतर्फ पनि संवेदनशील हुन आग्रह गरेको छ ।

प्रतिक्रिया