घट्दो शेयर बजार: ओरालो लागे बीमा कम्पनीका शेयर

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ ।

बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो । स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

केही कम्पनीको शेयरको मूल्य मात्रै ५ सय माथि रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४ सय ७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ सय १६ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय २७ मा कारोवार भएको छ ।

एशियन लाइफ इन्स्यारेन्सको ४ सय ९६ मा कारोवार भएको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार ५ सय ९८ मूल्यमा कारोवार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था भने कमजोर रहेको छ ।

 

बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर ४ सय ४ मा कारोवार भएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ४ सय ४७ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकमा विभिन्न १५ निर्जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । तुलनात्मकरुपमा निर्जीवन बीमा कम्पनीको शेयर बजार ओरोलो लाग्दा प्रभावित भएको छ । निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्यारेन्स कम्पनीको ७ सय ६ मा कारोवार भएको छ ।

गत वर्ष मङ्सिर दोस्रो साता एक हजार २ सय ६१ का कारोवार भएको सो कम्पनीको शेयर घटेर नयाँ बिन्दुमा आएको हो । निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बजार मूल्य घटेको छ । बिहीबार सो कम्पनीको शेयर प्रतिकित्ता ५ सय ८५ मा कारोवार भएको थियो ।

गत वर्षको मङ्सिर दोस्रो साता प्रतिकित्ता एक हजार १ सय १५ मा कारोवार भएको सो कम्पनीको शेयरमा करीब ५० प्रतिशत घटेको हो । गत वर्षको मङ्सिरमा एक हजार ७ सय ७८ मा बिक्री भएको शिखर इन्स्योरेन्स कम्पनीको शेयर घटेर ७ सय ९५ मूल्यमा खरिद बिक्री भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर सामान्य अङ्कले मात्रै घटेको छ । गत वर्षको मङ्सिरमा एक हजार ४ सय ५५ मा कारोवार भएको सो कम्पनीको शेयर बिहीबार भने एक हजार २ सय ५० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता नौ हजार १ सय ७० मा कारोवार भएको छ । गत वर्षको मङ्सिरमा सो कम्पनीको प्रतिकित्ता १५ हजार १ सय ९८ मा खरिद बिक्री भएको थियो । बजार ओरालो लाग्दा राष्ट्रिय बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

बिहीबारको कारोवारका आधारमा प्रुडेन्डियल इन्स्योरेन्स ६ सय १८, प्रिमियर इन्स्यारेन्स ९ सय १५, प्रभु इन्स्योरेन्स लिमिटेड ४ सय ६, एनएलजी इन्स्यारेन्स ७ सय ९५, नेपाल इन्स्यारेन्स कम्पनी ५ सय १, नेको इन्स्यारेन्स कम्पनी ४ सय ५५, लुम्बिनी जनरल इन्स्यारेन्स ४ सय ६९, आइएमई जनरल इन्स्योरेन्स ३ सय ७०, हिमालयन जनरल इन्स्यारेन्स ३ सय ७० र एभरेस्ट इन्स्यारेन्स कम्पनीको शेयर ७ सय ७५ मूल्यमा खरिद बिक्री भएका छन् ।

प्रतिक्रिया