जर्जियामा पहिलोपटक महिला राष्ट्रपति

एजेन्सी, जर्जिया । जर्जियामा पहिलोपल्ट राष्ट्रपतिमा महिला निर्वाचित भएकी छन् । राष्ट्रपतिका लागि भएको चुनावमा सालोम जुराविशभिली राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी हुन् । तर विपक्षी दलले भने निर्वाचनमा धाधली भएको आरोप लगाएका छन् ।

बिहीबार सम्ममा मतगणनाको अन्तिम परिणाम आउँदै गर्दा सालोमले ५९ दशमलव ६ प्रतिशत मत प्राप्त गरेकी छन् भने विपक्षी दलकी उम्मेदवार ग्रिगोलले ४० दशमलव ४ प्रतिशत मत प्राप्त गरेका छन् । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो ।

नवनिर्वाचित ६६ वर्षीया सालोम रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् । उनी जर्जियाको स्वतन्त्र सांसदसमेत रहेकी थिइन् । पूर्व राष्ट्रपति साकाशभिलीले उनलाई विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया