खेल-खेलाडी

हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

सौर्य अनलाइन २०७५ मंसिर १२ गते १४:२८ मा प्रकाशित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे ।

खेलको पहिलो हाफको २१ औँ मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८९ औँ मिनेटमा हिमालयन शेर्पाका कर्णले विजयी गोल गरे । पराजित मछिन्द्र क्लबको दुई अङ्क छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय