पूर्वराष्ट्रपतिकोे जेलसजाय खारेज

एजेन्सी, माले । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ । आंतकवादलाई सहयोग गरेको आरोपमा उनलाई १३ वर्षको जेल सजाय तोकिएको थियो । सर्वोच्च अदालतले प्रजातान्त्रिक रूपमा पहिलोपटक निर्वाचित देशका नेता नासिदविरुद्ध गलत नियतवश मुद्दा लगाइएको र अपराध अदालते सो मुद्दा हेर्न हुँदैन थियो भन्दै यसअघि दिइएको जेल सजाय खारेज भएको फैसला गरेको छ ।

पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नेतृत्वको प्रशासनका बेला कैँयौँ विपक्षी नेताकार्यकर्तालाई विभिन्न मुद्दा लगाइँदै जेल पठाइएको थियो । पूर्वराष्ट्रपति नासिदलाई पनि यामिन सरकारकै पालामा सन् २०१६ मा दोषी ठहर गर्दै जेल सजाय तोकिएको थियो ।

यामिनले यसै वर्षको सेप्टेम्बर महिनामा भएको राष्र्ट«पतीय निर्वाचनमा नासिदकै गठबन्धन नेता इब्राहिम मोहम्मद सोलिहसँग पराजय भोगेका थिए । जनवरी २०१२ मा अपराध अदालतका प्रधानन्यायाधीशलाई पक्राउ गर्न देशको सेनालाई आदेश दिएको आरोपमा पनि नासिदलाई दोषी ठहर गरिएको थियो ।

प्रतिक्रिया