पत्रकार संघलाई आर्थिक सहयोग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा थप पूर्वाधार निमार्णका लागि महासंघले काम अगाडि बढाएपछि आरति स्ट्रिपले सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघले महासंघको भवनमा आज गरेको कार्यक्रममा आरती स्ट्रिपले सहयोग गरेको हो । कार्यक्रमा उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जीव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

महासघंमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले बताए । कार्यक्रमा बोल्दै पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थित गर्न थप पूर्वाधारको निमार्णको काम सुरु गरिएकाले त्यसका लागि सबैलाई सहयोग पु¥याउन आग्रह गरे ।

कार्यक्रममा उद्योगका प्रशासकीय अधिकृत दिवश नेपालले औद्योगिक क्षेत्र सञ्चालनका लागि पत्रकार जगतले गरेको सहयोग महत्वपूर्ण रहेको चर्चा गरे ।

प्रतिक्रिया