नेविसंघको महाधिवेशन २८ पुसबाट

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशन पुस अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

यसअघि तोकिएको मितिमा महाधिवेशन हुन नसकेपछि विधान नै संशोधन गरेर दुई महिना म्याद थपेपछि नेविसंघले पुन नयाँ मिति सार्वजनिक गरेको हो ।

नेविसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २८, २९ र ३० गते केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिएको हो । मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले महाधिवेशनको मिति तय गरेको पत्रकार सम्मेलनमा बताइएको छ । नेविसंघले महाधिवेशनअघि विद्यालय, क्याम्पस, स्थानीय, गाउँनगर, जिल्ला र प्रदेश अधिवेशन गर्ने तालिकासमेत सार्वजनिक गरेको छ ।

तालिकाअनुसार मंसिर २२ गतेभित्र मावि, उच्च मावि, सिटिइभिटी र क्याम्पसको अधिवेशन (सभा) गरी सक्नुपर्ने, २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गरिसक्नुपर्ने, पुस ८ गतेभित्र उपत्यकाका क्याम्पसहरुको अधिवेशन गरिसक्नुपर्ने, १४ गतेभत्रि ७७ वटै जिल्ला अधिवेशन र २० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।

दुई वर्ष कार्यकालभित्र महाधिवेशन गर्न नसकेपछि यही मंसिर २ गते कांग्रेस केन्द्रीय समितिले दोस्रोपटक दुई महिना म्याद थप गरेको थियो । नेविसंघ केन्द्रीय समितिको म्याद थपमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएका थिए । उ

नीहरू असहमतिबीच संस्थापन पक्षले बहुमतबाट निर्णय लिएको थियो । विधानतः संघको कार्यकाल दुई वर्षको हो । दुई वर्षको कार्यकाल भने भदौ २ मै सकिएको हो । अधिवेशन गराउन ३ महिना थप्न सकिने विधानको प्रावधानअनुरूप मंसिर २ गतेसम्मका लागि यसअघि नै केन्द्रीय कार्यसमितिले समय बढाएको थियो ।

प्रतिक्रिया