खोजखबर

मापसे गर्ने महिलाको संख्या वृद्धि

सौर्य अनलाइन २०७५ मंसिर ११ गते ११:३२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४-७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

“पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उनले भने, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयोे । लेन अनुशासनतर्फ आव २०७४-७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४-७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय