कमलपोखरी पुनर्निर्माण गर्दै कामनपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक कमलपोखरी पुनर्निर्माण गर्ने भएको छ । धार्मिक सांस्कृतिक साथै पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले सो पोखरीको पुनर्निर्माण गर्न लागेको कामनपाले जनाएको छ ।

बिहीबार बसेको कार्यपालिका बैठकले कमलपोखरी पुनर्निर्माण गर्ने निर्णय गरेको कामनपाले जनाएको छ । एक वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइनेछ । सो पोखरीको निर्माण लागत आठ करोड हुने कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।

आठ करोडमा सम्पन्न गर्ने भनिएको सो पोखरी ३६ रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ भने पोखरी २२ रोपनी क्षेत्रफलमा रहनेछ । सो स्थानलाई पार्कसहितको बनाइनेछ । पार्कभित्र ब्याडमिन्टन कोर्ड, टिटी बोर्ड, व्यायामस्थल, मण्डला ढुंगेधारा, पोखरीको चारै कुनामा कमलको पूmलपूmल्ने सानो पोखरी, उद्यान हरियाली पार्कसमेत निर्माण गरिने भएको छ ।

यसको डिजाइन इन्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेका हुन् । डिजाइन तयार पार्दा सो पोखरीको पहिचान कायमै रहने गरी गरिएको इन्जिनियर श्रेष्ठको भनाइ छ ।

सांस्कृतिक महत्व बोकेको पोखरी भएकाले संरक्षण गर्न लागिएको कामनपाको भनाइ छ । हाल काठमाडौंमा रानीपोखरी, कमलपोखरी, नागपोखरी, माछापोखरी सिद्धिपोखरी कायमै रहेका छन् । संस्कृति लोप हुन दिन नहुने भन्दै संरक्षण गर्न लागिएको कामनपाले जनाएको छ ।

प्रतिक्रिया