मृतक पर्यटन मजदुरको परिवारलाई राहत वितरण

काठमाडौं । पदयात्राको क्रममा दुर्घटनामा परि मृत्यु भएका १२ जना पर्यटन मजदुरका घरपरिवारलाई बिमा वाफतको राहत रकम वितरण गरिएको छ । पर्वतीय सुचना व्यास्थापन प्रणाली (टिम्स) को कल्याणकारि कोषवाट ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को विशेष पहलमा प्रतिपरिवार पाँच÷पाँच लाखका दरले उक्त राहत रकम वितरण गरिएको हो ।

रकम वितरण कार्यक्रममा टानका अध्यक्ष नवराज दहाल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारि अधिकृत दीपकराज जोशी, पर्यटन बोर्डका वोर्ड सदश्य कृष्णकुमार अर्याल लगायत टान कार्यसमिति सदश्यहरु र मृतकका परिवारका सदश्यहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा वोल्दै पर्यटन बोर्डका सिईओ जोशीले पदयात्रा आफैमा जोखिमपूर्ण काम भएकाले यस क्षेत्रमा काम गर्ने हरेक व्याक्तिलाई तालिमको व्यवस्था गरिनु पर्ने बताए । सांथै, उनले आगामी दिनमा यस्ता घटना कम गर्न गराउन सवै क्षेत्रले पहल गर्नुपर्ने बताए । त्यस्तै, बोर्ड सदश्य कृष्णकुमार अर्यालले यस्ता घटनामा पर्ने मजदुरमा परिवारले रकम पाउन बर्षैं कुर्नु पर्ने व्यवस्था अन्त्य गरिनु पर्ने बताए । उनले राहत बीमा रकम चांडो चांडो दिनुपर्ने उल्लेख गरे ।

टानको पहलमा गत असार १ गते पहिलो चरणमा टानका सदस्य कम्पनीहरु मार्फत पदयात्राको क्रममा दुर्घटनामा परि मृत्यु हुने ३३ जना पर्वतिय पर्यटन मजदुरहरुको आश्रित परिवारलाई राहत स्वरुप रकम हस्तान्तरन गरी सकेको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले बताए । विगत दश वर्षदेखि राहत रकम दिने व्यवस्था रोकिएको र टानको पहलमा पिडितलाई राहत रकम दिन थालिएको उनले बताए ।

प्रतिक्रिया