बदनामलाई सार्वजनिक पद !

बेलायतका लागि पर्यटन दूतका रूपमा महिला हिंसाको गम्भीर आरोप लागेका एक व्यापारीलाई नियुक्त गर्ने चलखेल सुरु भएको समाचार सार्वजनिक भएको छ । नेपालमा भित्रने पर्यटकमध्ये मुख्य मुलुक पर्ने बेलायतको पर्यटन दूतका रूपमा महिला हिंसाको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका व्यापारी विराज भट्टलाई बनाउने चलखेल सुरु भएको समाचारमा उल्लेख छ । नेपालसहित विश्वभर महिला हिंसाको अभियान चलिरहेका वेला सोही मुद्दाका आरोपीलाई पर्यटन दूत बनाउन प्रवासी नेपाली मञ्चको एउटा समूह नेकपाका वरिष्ठ माधवकुमार नेपालसमक्ष आएको समाचार छ । बेलायतको भ्रमणमा रहेका वेला नेता नेपाललाई भेटेर सो समूहले भट्ट निकै राम्रा व्यापारी भएको र उनको छविसमेत राम्रो भएको भन्दै सिफारिस गरिदिन आग्रह गरेको बताइएको छ ।

सार्वजनिक पदमा गरिने नियुक्त हुने व्यक्तिका वारेमा विवाद अहिले मात्र होइन । यसअघिका हरेक सरकार यस्ता विवादमा पर्ने गरेका छन् । नेपाली कांग्रेसको सरकार हु“दा न्यायालयदेखि परराष्ट्र मामलासम्ममा यस्ता विवादास्पद व्यक्ति सार्वजनिक पदमा नियुक्ति पाएका ताजै छ । हरेक सरकार यस्ता विवादबाट मुक्त हुन सकेका छैनन् । यसै सरकारले पनि भारतीय राजदूतमा पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई नियुक्तिको सिफारिस गर्न लाग्दा विवाद चर्किएपछि व्यक्ति परिवर्तन गरिएको थियो । अहिलेको अवस्था पहिलेभन्दा अझ जटिल छ । आइतबार २५ नोभेम्बर महिला हिंसा अन्त्य दिवस मनाइएको छ । अर्थात् आइतबारैदेखि १० डिसेम्बरसम्मको अवधिलाई महिला हिंसा विरुद्धको १६ दिने अभियानका रूपमा मनाइ“दै आइएको छ । यही समयमा सोही आरोपमा मुद्दा खेपिरहेका व्यक्तिलाई पर्यटन प्रवद्र्धनजस्तो विषयमा दूत बनाउने कार्य हुन खोज्नु आफै“मा दुर्भाग्यपूर्ण हुन जान्छ ।

आमजनतालाई सरकारस“ग उनीहरूले दैनिक प्रयोग गर्ने उपभोग्यवस्तु सस्तो सुलभ होस्, सार्वजनिक भौतिक पूर्वाधारका काम चा“डै होस् । छोराछोरी पढाउने विद्यालय नजिकै होस्, ्िबरामी पर्दा घर नजिकैको अस्पतालमा सस्तो र राम्रो उपचार होस्, अन्याय पर्दा राज्यले छिटोछरितो ढंगले न्याय देओस् भन्ने अपेक्षा हुन्छ । योभन्दा माथि उनीहरू सोच्न सक्दैनन् र अपेक्षा पनि हु“दैन । तर, केही यस्ता व्यक्ति वा समूह हुन्छन्, जो सधै“ सिंहदरबारको वरिपरि चक्कर लगाइरहन्छन् । उनीहरूको काम प्रधानमन्त्री, मन्त्रीका नातागोता पहिल्याउनमै ध्याउन्न हुन्छन् । त्यस्तै, नातागोताका माध्यमबाट पहु“च पु¥याएर राजनीतिक नियुक्ति हत्याउने दाउमा रहन्छन् । सिंहदरबारभित्र यस्तै विचौलियाको बोलवाला रहेको देखिन्छ । यस्ता विचौलियाका कुरा सुनेर वा यस्ताका कुरामा लागेर निर्णय गर्दा सरकार सफल हुन सक्दैन । प्रधानमन्त्री स्वयंले भन्दै आएको र नेकपाका नेताहरूले समेत दोहो¥याइरहेको कुरा भनेको ‘यो सरकारलाई असफल हुने छुट छैन ।’ सा“च्चै असफल हुने छुट नभएको हो भने ‘भट्ट’ भन्ने व्यक्ति होला, तर यो यहा“ प्रवृत्ति बनेकाले यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्छ । अन्यथा मुखले जति नै ‘छुट छैन’ भने पनि परिवन्धले बा“ध भत्काउनेछ ।

प्रतिक्रिया