काठमाडौं । पूर्वाधार क्षेत्रको विकासमा नयाँ आधारस्तम्भ खडा गर्दै देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ शनिबार सम्पन्न भएको छ । नेपालको पूर्वाधार निर्माण क्षेत्रको आधारस्तम्भ सावित भएको तीन दिने सो प्रदर्शनीको ६ हजार भन्दा बढी व्यवसायिक साझेदारहरूले अवलोकन गरे ।
प्रदर्शनीले नेपालमा प्रदर्शनीको स्तरको लागि उत्कृष्टता र व्यावसायिकताको पक्षमा नयाँ आधार खडा गरेको प्रदर्शनमा सहभागी व्यवसायीहरूले बताए । यो प्रदर्शनीले नेपालको निर्माण क्षेत्र र खासगरी पूर्वाधार विकासको लागि अतुलनीय योगदान दिएको छ । मुलुकको तीव्र विकासमा योगदान गर्न यो प्रदर्शनी सहयोगी बनेको छ ।
नेपालकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीको रूपमा सम्पन्न सो प्रदर्शनीले नेपालको पूर्वाधार क्षेत्रको विकास र नविनतम प्रविधिको व्यवस्थापनका लागि मार्गदर्शक बनेको आयोजक संस्था सिआइआईले जनाएको छ । कन्म्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द के गर्गले तीन दिने प्रदर्शनी निकै फलदायी भनेको र आगामी दिनमा पनि नेपालमा यस्तो किमिसको प्रदर्शनी गर्न थप प्रेरणा मिलेको बताए ।
प्रतिक्रिया