सुटिङमै जमेको प्रेम

एजेन्सी, नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट यतिवेला चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङमा व्यस्त छन् । प्रेमसम्बन्धमा रहेका यो जोडी अभिनीत ‘ब्रम्हास्त्र’ एउटा एक्सन चलचित्र हो ।  यस चलचित्रमा अभिनेता अमिताभ बच्चनले समेत महत्वपूर्ण भूमिका निभाइरहेका छन् । प्रेमी जोडीका रूपमा रणवीर र आलियाले एकसाथ अभिनय गरेको यो चलचित्र पहिलो हो । यसको सुटिङका क्रममा रणवीर र आलियाको बीचमा प्रेमको फूल झाँगिन थालेको चर्चा बलिउडमा चलेको छ ।

भारतीय समाचारमाध्यमका अनुसार सुटिङको क्रममा आलियालाई चोट लाग्यो, तत्काल रणवीरले उनलाई मुम्बईको एक क्लिनिमा लिएर गए ।  रणवीरको बिहेको बारेमा एक अन्तर्वार्तामा आलियाले भनिन्, ‘यदि मानिसहरू मेरो बिहेको प्रतीक्षामा छन् भने उनले पनि प्रतीक्षा गर्नुपर्छ । मलाई लाग्छ कि क्लाइमेक्स राम्रो हुनुपर्छ र यसको हेप्पी इन्डिङ हुनु आवश्यक छ ।’

उनीहरूको सम्बन्धको लिएर २०१८ को सुरुआतदेखि नै बलिउडमा व्यापक हल्ला चलेको छ । अभिनेता रणवीर स्वयंले यसको पुष्टिसमेत गरेका थिए । आलियाले पहिले नै यस कुराको कबुल गरिसकेकी छन् कि उनले रणवीरलाई प्रेम गर्छिन् ।
जोधपुरमा हुन लागेको अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको बिहेका बारेमा प्रतिकृया दिँदै समाचार माध्यमसँगको कुराकानीमा आलियाले भनेकी थिइन्, ‘म प्रियंकाको बिहेको कुराले निकै खुसी छु । म प्रियंकाको बिहेको आउटफिटमा देख्नको लागि निकै उत्साहित छु । उनी निकै राम्री बेहुली हुनेछिन् ।’

रणवीर–आलियाबीचको अफेयरको चर्चा अहिले बलिउडमा निकै उत्कर्षमा पुगेको छ । उनीहरू केही समयअघि बिहे गरेका अभिनेत्री सोनम कपूर र व्यापारी आनन्द आहूजाको बिहेको रिसेप्सनमा एक–अर्काका हात समाइरहेका थिए ।
अयान मुखर्जीले निर्देशन गरेकोका आलिया–रणवीर अभिनीत ‘ब्रम्हास्त्र’ १५ अगस्ट, २०१९ मा रिलिज हुने मिति तय गरिएको छ ।

प्रतिक्रिया