भारत जानेको संख्यामा वृद्धि

बैतडी । खेतीपातीको कामसँगै दसैँ तथा तिहारजस्ता चाडपर्वहरू सकिएपछि रोजगारीका लागि भारत जानेको संख्यामा वृद्धि भएको छ । हिजोआज सीमा नाका झुलाघाटमा रोजगारीका लागि भारत पस्नेको संख्या बढ्दै गएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।

रोजगारीका लागि बैतडीबाट मात्रै दैनिक तीन सय बढी भारत पस्ने गरेका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज उमेशकुमार पालले बताए । स्वदेशमा रोजगारीका सम्भवानाहरू नभएकाले भारत जानुपरिरहेको नागरिकहरूको गुनासो रहेको छ ।

स्वदेशमै रोजगारीका सम्भावना नभएकाले युवाहरूले विदेश जानुपरिरहेको सुर्नया–६ का प्रकाश अवस्थीले बताए । उनले निर्वाचनको समयमा मात्रै नेताहरूले रोजगारी दिने वाचा गरेपछि निर्वाचनपछि गाउँ नफर्केको गुनासो गरे । अहिले खेतबारीको सबै काम सकिएकाले पैसा कमाउन भारत जान लागेको सीमानाकाबाट भारत जानेहरूले बताएका छन् ।

गाउँका अधिकांश युवा रोजगारीका लागि भारत छिरेपछि गाउँमा बुढाबुढी र महिला मात्रै रहेका छन् । गाउँको विकास निर्माणका कामहरूमा समेत महिलाहरू नै सहभागी हुने गरेका छन् । आफ्नै बारीबाट उब्जेको अन्नले बाह्रै महिना खान नपुगेपछि उनीहरू कामका लागि भारत जाने गरेका छन् ।

गाउँका सबै जना मजदुरीका लागि भारत गएपछि गाउँमा बुढापाखा बालबालिका र महिला मात्र हँुदा गाउँमा कुनै मान्छे मरे भने पनि मलामी नै जाने मान्छे हुँदैनन् । आजभोलि रोजगारिका लागि गएका सबै जना नयाँ वर्ष मनाउन मात्र घर पर्किने गर्दछन् । गाउँमा विभिन्न विकास निर्माण काम सञ्चालन गरिए पनि ती काम प्रायः ठेक्कामार्फत गराइने हँदा आपूmहरूले रोजगारि नै नपाइने हँदा मजदुरीका लागि भारत जान लागेको मजदुरी गर्न जाने बताउँछन् ।

खुल्ला सिमाना भएको कारण जतिखेर पनि आउन जान सजिलो हुने र घरको पनि रेखदेख गर्न पाइने हुँदा पायः गरेर काम सकेर हिउँद लाग्ने बित्तिक्कै मजदुरीको लागि भारत जानेको लर्को लागेको देखिन्छ । स्थानीय सरकारले आपूmहरूलाई पूरा समय काम नदिने र तिहार सकेलगत्तै विकास निर्माणका काम सुरु नगर्ने हुँदा पनि यस्तो समस्या आएको हो । बैतडीका केही स्थानीयतहहरू अहिले योजना सम्झौतामा लागेका छन् भने केही स्थानीय तहले त अझै पनि उपभोक्ता समिति पनि गठन गर्न सकेका छैनन् ।

प्रतिक्रिया