काठमाडौं । मंसिर १५ गते टुँडिखेलमा हुने च्याम्पियनसिपमा ५ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । प्रतियोगितालाई वार्स्टाइनर बियरले मुख्य प्रायोजन गरेको छ । वार्स्टाइनरले मुख्य प्रायोजनस्वरूप संघलाई १२ लाख रुपैयाँ प्रदान गर्नेछ ।
प्रतियोगितामा हर्स टेन्ट पेगिङ, हर्स सो जम्प, हर्स हाई जम्प, ६ क्रसबार जम्प (महिला) र हर्स सो जम्प (महिला) विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै विधा गरेर करिब २५ खेलाडीको सहभागिता रहनेछ ।
संघका अध्यक्ष रवीराज कर्णीकारले इक्वेस्ट्रियन खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने घोडचढीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने व्यवस्था गर्ने पनि उनले जानकारी दिए ।
संघले प्रतियोगिता आयोजना गरेपछि अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन महासंघको मान्यता प्राप्त गर्ने विश्वास लिएको छ । प्रतियोगितालाई टर्किस एयरलाइन्स, द हिमालयन टाइम्स र ¥याडिसन होटलको पनि साथ रहेको छ ।
प्रतिक्रिया