मुटु र कलेज एउटै भएका जुम्ल्याहको मृत्यु

सुर्खेत । मुटु र कलेज एउटै भएका जुम्ल्याहको मृत्यु भएको छ । शरीर जोडिएका जुम्ल्याहा छोरीहरूको आइतबार मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

२ मंसिरमा राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरूलाई जन्म दिएकी थिइन् । शरीर जोडिएका जुम्ल्याहा छोरीहरूको मुटु र कलेजो पनि एउटै थियो ।

प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डा. नवराज केसीले बालिकाकाहरूको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरीर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरूको मृत्यु भएको जानकारी दिए । डा. केसीका अनुसार एउटै मुटु कलेजो भएकाले उनीहरूको श्वासप्रवास बढेको थियो ।

प्रतिक्रिया