ट्राफिक नीयम नमान्नेलाई निगरानी

प्युठान । प्युठानमा ट्राफिक प्रहरीद्वारा क्षमताभन्दा बढी भार बोकेर सडकमा गुडेका ट्रिपरमाथी कारबाही सुरु गरिएको छ ।

सडकमा लोड बोकेर गुड्ने ट्रिपरहरूले सामान ओसारपोसार गर्ने गरेको भन्दै ट्राफिक प्रहरीले नीयमनमा कडाई गरेको हो । धेरै ट्रिप गर्ने र ओभरलोड मालसामान बोक्दा बढी फाईदा हुने भएकाले ट्रिपर चालकहरूले क्षमता भन्दा बढी सामान बोक्दै आएका छन् ।

क्षमताभन्दा बढी सामान बोकेर बाटोमा गुड्ने सवारी साधनले बढी दुर्घटना भएको र प्रतिकुल वातावरण गराउने र बाटोको आयु समेत ह्रास हुँदै गएकोले कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

क्षमताभन्दा बढी भारका सवारीलाई पटकपटक नीयन्त्रण गर्न आग्रह गरे पनि समस्यामा कमी नआएपछि यस्तो कदम चालिएको डिएसपी बुढाथोकीको भनाइ छ । ओभरलोड हालेर सडकमा टिपर नगुडाउन चुनढुंगा कम्पनीलाई धेरै पटक सम्झायौ उनले भने कम्पनीले सुझाब ग्रहण गरेन।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुप्लुङमा शुभश्री अग्नि सिमेन्टले सञ्चालन गरेको चुनढुंगा खानीबाट चुनढुंगा बोक्ने सवारी साधनमाथि कारबाही थालेको उनले बताए । अधिकांश टिपरले आवश्यक कागजपत्रसमेत नबोकेको पाइयो उनले भने। ट्राफिक नीयम विपरीत सञ्चालन भएका सवारीप्रति प्रहरीले निगरानी बढाएको ट्राफिक प्रहरी प्रमुख छविलाल ढकालले बताए ।

प्युठान प्रहरीले नीयम उलंघन गर्ने ८ वटा टिप्परलाई नीयन्त्रणमा लिई आवश्यक कारबाही गरिएको र १५ वटा ट्रिपरलाई भवर तथा ओभरलोड भएकोले गन्र्तव्यमा पुग्न नदिई सामान झार्न लगाइएको हो । प्युठान भालुवाङ सडक खण्डअन्तर्गत बाग्दुला, विजुवार, चकचके, देविस्थान, बडडाडा र दर्भानमा ओभरलोडका टिप्पर रोकेर सडक किनारामै चुनढुंगा चेकजाँचसँगै अनलोड गर्न लगाइएको हो ।

चालकले ट्राफिक नीयम पालना नगर्ने, ओभरलोड बोक्ने, गाडीको सिट क्षमताभन्दा बढी यात्रुहरू राख्ने, मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाउने, आवश्यक कागजात विना नै गाडी चलाउने चालकलाई कडाई गरिने प्रहरी प्रमुख वुढाथोकीले बताए । अब हामी यस्ता खालका गतिविधि गर्ने प्रति ठाउँका ठाउँ कारबाही गर्ने उनले बताए ।

भालुवाङ– प्युठान सड्कमा १ एक्सल बराबर १० टन लोड बोकेर हिड्न मिल्ने क्षमता रहेको छ । यस सडकखण्डमा दिनहु दर्जनाँै टिप्परहरू चुनढुंगा बोकेर आवत–जावत गर्छन । टिप्परहरू ले क्षमता भन्दा दोब्बरसम्म लोड बोक्दा दुर्घटनाको जोखिम सँगै सडकको अवस्थासमेत नाजुक बन्दै गएको छ । टिप्परको ओभरलोडले सडक जीर्ण बन्दै गएको स्थानीयको आरोप छ ।

जिल्लामा ट्राफीक जनशक्ति कमी भए पनि भएको जनशक्तिलाई प्रयोग गरी ट्राफिक नीयमलाई पालना गराउन लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया