महामन्त्री काफ्ले खतरामुक्त

काठमाडौँ । हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

भर्खरै चिकित्सकले दिएको जानकारी अनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने अस्पतालमा रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । काफ्ले नेविससंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री छन् ।

प्रतिक्रिया