काउटिन्हो प्रशिक्षणमा फर्किए

एजेन्सी, काठमाडौं । बार्सिलोनाका फिलिप्पे काउटिन्हो टोलीको अभ्यासमा फर्केका छन् । ला लिगामा शनिबार एटलेटिको म्याड्रिडसँगको महत्वपूर्ण प्रतिस्पर्धा अघि काउटिन्हो फर्कनु बार्सिलोनाका लागि सुखद हुन सक्दछ । तिघ्राको समस्याका कारण पछिल्लो दुई साता उनी मैदानबाहिर रहेका थिए ।

नोभेम्बर ६ मा च्याम्पियनसिप लिगमा एसी मिलानसँग १–१ को बराबरीमा सकिएको खेलपछि काउटिन्हो मैदानमा उत्रेका छैनन् । बार्सिलोना नोभेम्बर ११ मा भएको पछिल्लो खेलमा रियल बेटिससँग ४–३ ले पराजित भएको थियो । दुई वर्षयता बार्सिलोना घरेलु मैदानमा नोउ क्याम्पमा हारेको त्यो पहिलोपटक हो ।

विश्व फुटबलका तेस्रो महँगा खेलाडी काउटिन्हो शनिबार एटलेटिको विरुद्ध खेल्ने÷नखेल्ने शुक्रबार टुंगो लाग्नेछ । उनको पुरागमनले प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेको टोलीको मनोबल पक्कै उँचो हुनेछ । टोलीको अर्को महत्वपूर्ण खेलाडी इभान राकटिक भने प्रतिबन्धमा छन् । यो सिजनको १६ खेलमा काउटिन्हाले ५ गोल गरेका छन् । रियल म्याड्रिडविरुद्ध गत महिनाको एल क्लासिको खेलमा ५–१ को अन्तरले बार्सिलोनाले जित्दा कोउटिन्होले पनि गोल गरेका थिए ।

प्रतिक्रिया