धरौटी तिर्न नसक्दा कारागार चलान

ताप्लेजुङ । गौवध मुद्दामा तोकिएको धरौटी रकम दाखिला गर्न नसक्दा एक जनालाई कारागार चलान गरिएको छ ।

फुङलिङ नगरपालिका–३ मेदिवुङका २२ वर्षीय प्रदीप न्यौपानेलाई धरौटीबापत तोकिएको ३ लाख ४० हजार दाखिला गर्न नसक्दा मंगलबार कारागार चलान गरिएको हो । प्रतिवादी न्यौपानेले गत २८ साउनमा गोरु काटी मासुसमेत बिक्री गरेका थिए ।

यता ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का प्रतापसिंह लिम्बूको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सोही ठाउँका ५८ वर्षीय चित्रहादुर लिम्बू, ३४ वर्षीय लालु दमाई र नरेन्द्र लिम्बू भनिने यमबहादुर लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । गत ३ कात्तिकमा साँवाका प्रतापसिंह लिम्बूलाई धारिलो हतियार तथा पयुँलाठी प्रयोग गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया