हचुवामा राष्ट्रिय परिचयपत्र

सरकारले पूर्वी सिमानामा पर्ने पा“चथर जिल्लाबाट सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । पहिलो राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने सर्वसाधारण जेष्ठ नागरिक हुन् फिदिमकी १ सय १ वर्षीया भगवतीदेवी भण्डारी । राष्ट्रिय परिचयपत्र मूलतः अंग्रेजी भाषामा भए पनि नेपाली भाषाका केही विवरणहरू समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्रको शीर्षकमा ‘फेडेरेसन रिपब्लिक अफ नेपाल’ उल्लेख गरिएको छ । हालसम्म उपलब्ध हु“दै आएको नागरिकताको प्रमाणपत्र नेपाली भाषामा भएका कारण विदेशमा जा“दा नेपालीहरूले केही झन्झट बेहोर्नु परिरहेको अवस्था छ । राष्ट्रिय परिचयपत्रले त्यो झन्झट कम गर्ने निश्चित छ । तर, अहिले वितरण गरिएको राष्ट्रिय परिचयपत्रले यस बाहेक अरू उपलब्धि देखिन्न । अबको तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने सरकारको लक्ष्य छ ।

नागरिकता प्रमाणपत्र हु“दाहु“दै राष्ट्रिय परिचयपत्रको आवश्यकता किन प¥यो ? नागरिकता प्रमाणपत्रलाई नै परिमार्जन गरिएको भए हु“दैनथ्यो र ? भन्ने प्रश्न पनि नउठेको होइन । तर, सरकारले यो प्रश्नको चित्त बुझ्दो उत्तर दिन सकेको छैन । यसमाथि मतदाता परिचयपत्र पनि अनिवार्य बनाइएको छ । यसैगरी, गरिब घर परिवार पहिचान गरी परिचय पत्र दिने कार्यक्रम पनि सुरु गरिएको छ । यसरी एक नेपालीले राष्ट्रिय परिचयपत्र, नागरिकता प्रमाणपत्र, मतदाता प्रमाणपत्र, आर्थिक हैसियतको प्रमाणपत्र, आफू कार्यरत संस्थाको परिचयपत्र तथा सवारी साधन लाइसेन्स गरी ६ वटा परिचयपत्र बोक्नुपर्ने अवस्था भनेको थप झन्झटिलो हो । यी ६–६ वटा परिचयपत्रले एकातिर झन्झट बढाएको छ भने अर्कातिर खर्च पनि बढाएको छ । परिचय पत्र लिनेको पनि खर्च बढेको छ, परिचय पत्र छपाइ तथा वितरणका लागि राज्यको ठूलो धनराशी खर्च भइरहेको छ ।

यी ६ वटा परिचय पत्रको सट्टा एउटै परिचयपत्रमा सबै विवरण उल्लेख गरिनु सबै दृष्टिकोणले उपयुक्त हुन्छ । धनी तथा विकसित मुलुकहरूले धेरै वर्ष पहिले नै यो अभियान सुरु गरेका छन् । एउटै कार्डमा सबै विवरण उल्लेख गर्ने र कम्प्युटर सफ्टवेयर मार्फत पढ्न मिल्ने व्यवस्था मिलाउनु नै सबै दृष्टिकोणले उपयुक्त हो । नेपाल सरकारले चाहने हो भने यो प्रविधि अपनाउन सकिन्छ । तर, राष्ट्रिय परिचयपत्र वितरणको काम ज्यादै हतारमा गरियो । खर्च मात्रै बढाउनु काम भयो । वास्तवमा यस्तो एउटै मात्रै कार्डको व्यवस्था गर्नुपर्छ कि त्यो कार्डमा उक्त व्यक्तिको सम्पूर्ण विवरण समावेश होस् । उक्त कार्ड सबै व्यक्तिले अनिवार्य रूपमा बोकेर हि“ड्नुपर्ने र को व्यक्ति कहा“ छ ? भन्ने कुरा कुनै निश्चित कार्यालयमा बसेर अनुगमन गर्न सकिने व्यवस्था हुनुपर्छ । यो व्यवस्थाले सबै खालका अपराध नियन्त्रणमा सघाउ पु¥याउ“छ । नागरिकहरू पनि सुरक्षित हुन्छन् ।

प्रतिक्रिया