‘होम–स्टे’लाई व्यवस्थित बनाउँः केसी

बाँके । ‘होम-स्टे’ एसोसियसन नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर केसीले ‘होम–स्टे’ व्यवसायलाई थप व्यवस्थित गरी राज्यको मूूल प्रवाहमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

सोमबार बाँकेको गाभर भ्यालीमा सम्वद्ध निकायका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भीमबहादुर केसीले ‘होम–स्टे’ले पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दैै आएको बताए ।

पर्यापर्यटनमार्फत ग्रामीण क्षेत्रको विकासका साथै त्यस क्षेत्रका स्थानीयहरूलाई पर्यापर्यटनमार्फत आत्मनिर्भर बनाई उनीहरूको जीवनस्तर उकास्ने कार्यमा समेत ‘होम-स्टे’ प्रभावकारी माध्यम भएको केसीले दाबी गरे । होम-स्टे व्यवसायलाई थप व्यवस्थित गरी राज्यको मूल प्रवाहमा ल्याउन आवश्यक रहेको जिकिर गर्दै केसीले भने, ‘अन्य व्यवसायसरह राज्यले ‘होम-स्टे’ व्यवसायीलाई समेत व्यवस्थित गर्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै प्रदेश–५ का सांसद तथा कार्यक्रमका प्रमुखअतिथि ईन्द्रप्रसाद खरेलले आफ्नै परिवेशको उच्चतम प्रयोगबाट स्थानीयहरूको जीवनस्तर उकास्ने कार्यमा ‘होम–स्टे’ले प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोप्रति खुसी व्यक्त गरे ।

स्थानीय स्रोत साधनको प्रयोग गरेरै बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने कुराको प्रत्यक्ष उदाहरणका रूपमा गाभार भ्यालीले आफूलाई प्रमाणित गरेको भन्दै सांसद खरेलले त्यस क्षेत्रको विकासका लागि आपूूm सधँै प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारू, बैजनाथ गाँउपालिकाका अध्यक्ष मानबहादुर रुचाल, उपाध्यक्ष सारदा रेग्मी विक, नेपाल पर्यटन बोर्डका कृष्णकुमार अर्याल, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा लगायतका वक्ताले ‘होम-स्टे’ व्यवसायको प्रभावकारीता तथा चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
‘होम–स्टे’ सञ्चालन गरेर मात्र नपुग्ने बताउँदै वक्ताहरूले ‘होम–स्टे’ सञ्चालकहरूको दक्षता तथा क्षमता विकासमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

‘होम–स्टे’ एसोसियसन प्रदेश–५ को मुख्य आयोजनामा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको गाभर भ्याली सामुदायिक ‘होम–स्टे’ व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । कार्यक्रममा ‘होम–स्टे’ सञ्चालनमा देखिएका चुनौती, समस्या र सम्भावनाका बारेमा सरोकार निकायका प्रतिनिधिहरूले आ–आफ्नाे धारणा राखेका थिए ।

प्रतिक्रिया