मल बिक्री गर्दैै साल्ट ट्रेडिङ

बाँके । साल्ट ट्रेडिङ कर्पोरेसन नेपालगञ्जले युरिया र डिएपी मलको उत्तम विकल्पका रूपमा बिक्री गरिरहेको गैर अनुदानित एमोनियम सल्फेट र स्टायल सुपर फस्फेट मलका बारेमा किसानलाई सुसूचित गर्ने कार्यलाई तीव्रता दिएको छ ।

साल्ट ट्रेडिङले तीन वर्षदेखि बिक्री गरिरहेको यी दुई मल युरिया र डिएपीभन्दा गुणस्तरीय रहेको साल्ट ट्रेडिङका कृषि परामर्श दाता भगवान् खतिवडाले बताए ।

साल्ट ट्रेडिङको नेपालगञ्ज कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले यी दुई मलले युरिया र डिएपीभन्दा बढी उत्पादन दिनुका साथै माटोको उर्वराशक्तिसमेत बढाउने दाबी गरे ।

यी मलको प्रयोगले १५ देखि २५ प्रतिशतसम्म उत्पादन बढ्ने उनले बताए । नेपालगञ्ज कार्यालयका प्रमुख मनोजकुमार चौधरीले किसानले सुरु–सुरुमा विश्वास नगरे पनि अब बिस्तारै यी मलको गुणस्तर बुझ्न थालेको बताए ।

बहुतत्वयुक्त यी मल युरिया र डिएपीको तुलनामा अति उत्तम भएको यथार्थ बोध किसानलाई गराउन विभिन्न ठाउँमा किसानलाई भेला गराएर अनुशिक्षणसमेत गरिरहेको बताए ।

उनले भर्खरै मात्र बर्दियाको मानपुर टपरा र मैनापोखरमा किसानलाई यी मलको बारेमा जानकारी गराएको बताउँदै नेपालगञ्जमा पनि किसानलाई भेला गराएर सुसूचित गर्ने जानकारी दिए ।

प्रतिक्रिया