तेक्वान्दोकर्मी जीवन सम्मानित

काठमाडौं । नेपाल खेलाडी तथा प्रशिक्षक संघले नेपाली तेक्वान्दोकर्मी जीवन लिम्बुलाई आइतबार सम्मान गरेको छ । विगत १५ वर्षदेखि नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउदै आएका जीवनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको थियो ।

‘हङकङमा रहेर पनि नेपाली तेक्वान्दो खेलको विकासमा तपाईले खेल्नु भएको भूमिकाप्रति संघ कदर गर्दै यो सम्मानपत्र प्रदान गर्दछौँ,’ संघका अध्यक्ष महेस नेवा र उपाध्यक्ष स्वयम्भूराज डंगोलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

कार्यक्रममा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेस, उपाध्यक्षद्वय मनोज खड्गी र स्वयम्भूराजले जीवनलाई दोसल्ला ओडाएर सम्मानपत्रद्वारा सम्मानित गरे । कार्यक्रमममा जीवनले सम्मानले आफूलाई नेपाली तेक्वान्दोका लागि थप काम गर्न उर्जा मिलेका बताए । संघले पूर्वखेलाडी र प्रशिक्षकले देशका लागि दिएको योगदानका कदर गर्न सदैव लागि पर्ने जनाएको छ ।

प्रतिक्रिया