योजना छनोट गर्दै सांसद

पाँचथर । एकमात्र संघीय सांसद वसन्तकुमार नेम्वाङको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट तथा रकम विनियोजन गरिएको छ । पहिले यसलाई ‘सांसद विकास कोष’ भन्ने गरिन्थ्यो ।

अहिले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड र स्थानीयतहको साझेदारीमा १ करोड ९६ लाख गरी जम्मा ३ करोड ९६ लाखको योजना छनोट गरिएको हो । स्थानीय पुर्वाधार विकास साझेदारी सञचालन कार्यविधी नियावली २०७५ अनुसार कार्यक्रम निर्देशन समितिको बैठकले ८ वटै तहको रकम विनियोजन गरि खर्च गर्ने निर्णय गरेको छ ।

सांसदको आब २०७५ को रकम र योजनाले बिकासका कार्यक्रम संचालन हुने भएको छ । सांसद वसन्तकुमार नेम्वाङले पाउने ४ करोड रकममध्ये याङवरक गाउपालिकालाई ४० लाख छूटयाइएको छ ।

यसमा चिवाभञ्जाङ हिल स्टेशन , अतिथि गृह निर्माण साझेदारी कार्यक्रमलाई १० लाख , सोही पालिका– १ च्याङथापु बजारमा बौद्ध गुम्वा निर्माण , गाउपालिकसंग साझेदारी कार्यक्रममा १० लाख ,

सोही पालिका–३ ओयाम बिद्युत सहकाररी संस्था लिमीटेडद्वारा नेपाल बिद्युत प्राधिकरणसंगको ९०-१० अन्र्तगतको सामुदायिक बिद्युतिकरण कार्यक्रम म्याचफ्रण्डमा सहभागी २० लाख रहेको छ । यो बहुबर्षिय आयोजना हो ।

त्यस्तै हिलिहाङ गाउपालिकामा ४० लाख विनियोजन गरिएको छ । योजना, जोरपोखरी आगेजुङगुम्वा , गोपेटार हिलिहाङ सर्किट बाटो निर्माण ,हिलिहाङ गाउपालिकासंगको साझेदारीमा–३ मा २० लाख , हिलिहाङकै वडा नम्वर ६ कोपिलेदेखि फालेलुङ गाउँपालिका–१ कुटिडाडा जोडने मोटर बाटो डिपिआर तथा निर्माणको लागि २० लाख छुट्ट्याइएको छ ।

त्यस्तै फालेलुङ गाउपालिकालाई ४५ लाख विनियोजन गरिएको छ । योजनाहरूमा चारराते, तिनसिमाना फालोट हिलस्टेसन, अतिथिगृह , गाउपालिकासंग साझेदारीमा निर्माण गर्न १५ लाख , त्यस्तै विदिन, आहले, भालुखोप , ढाक्रे, बुढिथाम मोटरबाटो निमार्ण गर्न वडा न ७ र ६ मा २० लाख । त्यस्तै सोही पालिका–१ मा मन्दिरटारदेखि खाल्डे मोटरबाटोलाई १० लाख विनियोजना गरिएको छ ।

त्यस्तै फिदिम नगरपालिकामा १करोड १० लाख बिनियोजन गरिएको छ ।जस मध्ये असिने, रानिटार मावि , भैसेखर्क , तमाखे खण्डमोटरबाटो निर्माण उवम स्तरउन्नतीमा ५० लाख , सोहि नगरको गैरिबारी , शिवालय मोटरबाटो निमार्णमा २० लाख , फिदिम २ पल्लोटार, दंगाल गाउ चोकमागु मोटरबाटो निर्माण एवम स्तरउन्नती मा २० लाख रहेको छ ।

त्यस्तै श्रीबुधुक आवासिय बिद्यालय देखि निवारे , निगाले मोटरबाटो निर्माण फिदिम नगरपालिका संग साझेदारी कार्यक्रममा १० लाख विनियोजन गरिएको छ ।

त्यस्तै फाल्गुनन्द गाउपालिकामा ३५ लाख विनियोजन गरिएको छ । सिलौटी, रमिते जौवारी , सुसुवाइम्बुङ मोटरबाटो निर्माण तथा स्तरोन्नतीमा २५ लाख , वडा नं.– ६ छयागुखेल मैदान निर्माणलाई १० लाख विनियोजन भएको छ ।

त्यस्तै कुम्मायक गाउपालिका, मगरडाँडा , पिपलडाँडा, खमारे लोरिपा मोटरबाटोलाइ १० लाख, यासोक बजार क्षेत्रभित्र सडक स्तरोन्नतीमा २५ लाख विनियोजन गरिएको छ । त्यस्तै तुम्बेवा गाउपालिका ,जोरसल्ले ग्रामिण विद्युत सहकारी संस्था लिमिटेड र नेपाल बिद्युत प्राधिकरणद्वारा संचालन गरिने सामुदायिक विद्युततिकरण कार्यक्रमकोे लागि समपुरक, साझेदारी कार्यक्रम बहुबर्षीय आयोजनामा ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै मिक्लाजुङ गाउपालिका, रवि क्याम्पस भवन निर्माण, मिक्लाजुङ पालिकासंग साझेदारी कार्यक्रममा ३० लाख छुट्ट्याइएको छ । त्यस्तै मिक्लाजुङ–६ खान्द्रोङ जनसहभागिता कोष साझेदारीमा निर्माण गरिने सहभागृह कभर्डहललाइ ११ लाख विनियोजन गरिएको जनाइएको छ ।

प्रतिनिधि सभा सदस्यको तर्फबाट जिल्लामा २० वटा योजना तयार भईसकेको र प्रदेश सभा सदस्यको १६ वटा योजना तर्जुमा हुन बाँकी रहेकोे कार्यदल तथा नेकपाका नेता दिनेश लावतीले जनाए ।

प्रतिक्रिया