भिलेनको झनकुटु झ्याईं

काठमाडौं । आगामी २७ पुसबाट देशभर प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘भिलेन’ को नयाँ गीत सार्वजनिक भएको छ । अञ्जु पन्त र रामचन्द्र काफ्लेको आवाज रहेको ‘झनकुटु झ्याईं झ्याई झनकुटु झ्याईं झ्याइ’ गीतमा लालकुमार बरालले संगीत भरेका छन् । लोक भाकामा गाइएको यो गीतको भिडियोलाई ललितपुरको सिरकाली चौरमा छायांकन गरिएको हो ।
बुढासुब्बा युट्युब च्यानलबाट रिलिज गरिएको यो गीत गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल लगायतको अभिनय छ । यसलाई दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

देवेन्द्र पान्डेले निर्देशन गरेको चलचित्र भिलेनमा अभिनेता निखिल उप्रेतीको मुख्य भूमिकामा देखिएका छन् । चलचित्रमा निखिलसहित शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीलगायतको प्रमुख भूमिका छ । दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठको नृत्य निर्देशन रहेको यो चलचित्रलाई मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका हुन् ।

चलचित्रमा वसन्त सापकोटा, बाबुल गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व निर्देशन, मदन कास्यप घिमिरे र सौरभ लामाको छायांकन रहेको छ । सामाजिक कथामा निर्मित चलचित्र भिलेन एक्सन प्रधान रहेको पनि निर्देशक पाण्डेले जानकारी दिए । भिलेनलाई कपिल खत्री र बलबहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रतिक्रिया