सुत्केरीका घरमै सरकारी सेवा

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–३ ले दसँै र तिहार सकिए लगत्तै घरघरमा सेवा दिन थालेको छ । मंगलबार वडा नम्बर ३ निवासी तुम्बुङ टोलका अबिवेशर पुरी परिवारलाई घरैमा पुगी सेवा दिएको हो । जिल्लाका अन्य वडाभन्दा फरक कार्य गरेर नागरिकलाई सेवा गर्दै आएको छ ।

यस अघि पुरै वडामा नयाँ सडक खन्न नपाउने नीति बनाएर चर्चामा आएको वडा यतिखेर सरकारी सुबिधा घरघरमा पु¥याएर उपलब्धी देखिन थालेको हो । वडाले नयाँ नीतिबनाएर वडाका कामहरू गरिहेको अध्यक्ष मदन गौतमले जनाए । गौतमका अनुसार गएको असोजदेखि वडाका सबै सुत्केरी महिलाहरूका लागि सरकारी सुबिधा पु¥याउने काम भइरहेको छ ।

वडामा क्रियाशील स्वास्थ्य स्वयंसेविकामार्फत आएको सूचनाका आधारमा वडाको टोली सुत्केरी महिलाका घरमा पुग्ने गर्छन् । वडामा सुत्केरी अवस्थाका ४८ जना महिला भएको स्वयंसविकाको रिपोर्ट आएको वडाध्यक्ष गौतमले जनाए ।

प्रत्येक महिलालाई वडाको तर्फबाट ३ हजार ५ सय बराबरको सहयोग हुने गरेको छ । वडाको टोलीले ढेड किलो घ्यु, १ किलो हर्लिक्स र १ हजार ५ सय नगद प्रदान गरिँदै आएको छ । त्यसबाहेक सरकारी टोलीले शिशुको जन्मदर्ता पनि गरिदिने गरेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर ३ मा ४८ जना गर्भवती महिला रहेको तथ्यांक स्वास्थ्य संस्थामा छ । सोहीअनुसार वडाले खर्च व्यवस्थापन गरिरहेको वडाध्यक्ष मदन गौतमले जानकारी दिए । त्यस्तो सुबिधा हालसम्म चार जना महिलाले लिइसकेका छन् ।

त्यसबाहेक वडाले मृत्यु दर्ताको काम पनि घरैमा पुगेर गर्ने गरेको छ । मृतकका परिवारलाई एक हजार खर्चसहित समवेदना पत्र वडाको तर्फबाट दिने गरेका छौँ । वडा अध्यक्ष गौतमले यो क्रम निरन्तर चल्ने र वडावासीबीच उपभोक्ता समिति निर्माण गरी विकास निर्माणमा लाग्ने नीति तय गरिएकोे सौर्यलाई बताए ।

प्रतिक्रिया