प्रधानमन्त्रीको पुत्ला दहन

काभ्रे । प्रधानमन्त्रीको तस्बिर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काभ्रेको बनेपामा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

मण्डनदेउपुर–५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्बिर बिगारेर सामाजिक सञ्जाल (फेसबुक) मा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएपछि उनीहरूले चरणबद्ध आन्दोलन गर्ने बताउँदै आएका छन् ।

त्यस्तै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको आह्वान गरेका छन् । सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाइको माग गरेको छ ।

मंगलबार नेविसंघले ७७ वटै जिल्लामा दुई घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरेको नेविसंघका अध्यक्ष नृप्रेस बादेले बताए । काभ्रेको व्यस्त बजार बनेपामा उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सोमबार प्रधानमन्त्री र सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया