मिलनको एकल मुक्तक वाचन

चितवन । स्याङ्जाली युवाकवि, गजलकार तथा मुक्तककार मिलन समीरको एकल मुक्तक वाचन सम्पन्न भएको छ । कवि सुरेन्द्र अस्तफल र गजलकार तथा पुस्तक व्यवसायी लेखराम सापकोटाको अग्रसरतामा सम्पूर्ण किताब, नारायणगढ, चितवनले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा समीरले समकालीन नेपाली राजनीतिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय मुक्तक सुनाएका थिए । उनले सवा घन्टाको समयावधिमा आफ्ना ३ दर्जनभन्दा बढी मुक्तक वाचन गरे ।

उक्त कार्यक्रममा लेखराम सापकोटा तथा सुरेन्द्र अस्तफलले मुक्तककार समीरको जीवनी, व्यक्तित्व तथा मुक्तक लेखनमाथि चर्चा गरेका थिए । कार्यक्रममा वाचित मुक्तकमाथि रमेश प्रभात, प्रभाकर पण्डित, पूर्णप्रसाद अधिकारी, कपिल अज्ञात लगायतका व्यक्तित्वले समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया