पत्रकार समूहको देउसी भैलो

काठमाडौँ । तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संस्था मार्फत देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वर स्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम शुरु भएको हो ।

भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्त लगायतका फोटो पत्रकार सहभागी थिए । भैलोमा लोक तथा दोहोरी गायक दिनेश थापा लगातयका कलाकारले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए ।

सोही अवसरमा सल्लाहकार शाक्यले देशैभरिका सम्पूर्ण फोटो पत्रकारको क्षमता अभिवृद्धि र अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिए । धादिङ शाखाका अध्यक्ष सिल्वालले केन्द्रका भन्दा पनि मोफसलका फोटो पत्रकारको क्षमता वृद्धिमा जोड दिनुपर्छ भने । केन्द्रीय अध्यक्ष चित्रकारले एनएफपिजेमा आबद्ध हुन सम्पूर्ण फोटो पत्रकारलाई आग्रह गरे । देउसीबाट रु ३५ हजार सङ्कलन भएको बताइएको छ ।

प्रतिक्रिया