कृत्रिम फूलले बजार लियो

सल्यान । तिहार भित्रिएसँगै सल्यानका गाउँ सहर कृत्रिम फूल मालाले रंगिन बनेका छन् । तिहारमा सकभर मखमली माला लगाइन्छ ।

मखमली नभए सयपत्री लगाउने चलन छ । तर, मखमली र सयपत्री फूल हराउँदै गएपछि कृत्रिम मालाको चलन बढेको हो । जसका कारण बजारमा कृत्रिम मालाको बिक्री अहिले अत्यधिक बढेको व्यापारीहरू बताउँछन् ।

प्लास्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने झट्ट हेर्दा आकर्षक देखिने भएकाले पनि कृत्रिम पूmलको प्रयोग गर्नेको संख्यामा वृद्धि आएको स्थानीय व्यापारीहरू बताउँछन् ।

गाउँमा समेत फूलको अभाव हुन थालेपछि कृत्रिम पूmलको माग ग्रामीण क्षेत्रमा पनि लोकप्रिय हुन थालेको शुभलक्ष्मी शृंगार पसलका सञ्चालक ज्ञानबहादुर श्रेष्ठले बताए । उनले भने, ‘विगत चार÷पाँच वर्षयता प्लास्टिकका मालाका माग ह्वातै बढेको छ ।’

तिहार अलिपछि भएकाले गाउँमा पूmलेका पूूmल पनि सुक्न थालेपछि यस्तो मालाको माग बढेको हो । जिल्लाका मुख्य बजारहरू खलंगा, श्रीनगर, कपुरकोट, थारमारे, सल्लीबजारमा कृत्रिम मालाले बजार झिलीमिली देखिएका छन् ।

ओइलाउने तथा बिग्रने डर नहुने र कृत्रिम माला सस्तोसमेत हुने भएकाले तिहारमा यसको प्रयोग बढ्दै गएको सृयाश्री शृंगार पसलकी सञ्चालक पूूर्णिमा सिंहले बताइन् । उनका अनुसार यो वर्ष कृत्रिम मालाको व्यापार राम्रो छ ।

धेरै महँगाभन्दा ४० देखि ६० रुपैयाँ सम्मका मालाको माग बढी हुने गरेको व्यापारीहरू बताउँछन् । एउटा मालाको मूल्य ४० देखि १ सय २० रुपैँयासम्म पर्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् ।

उनीहरूका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घरआँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिक रूपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उनीहरूको छ ।

प्रतिक्रिया