समिरले पाए ‘बेस्ट पप सिंगर’ अवार्ड

काठमाडौं । गायक समिर हमालले उनको पछिल्लो एल्बम ‘यो स्वार्थी’ मा रहेको गीत ‘बिती जाने’ बाट ‘बक्स अफिस इन्टरनेसनल अवार्ड’ मा ‘बेस्ट पप सिंगर’ को अवार्ड हात पारेका छन् । थाइल्यान्ड र सिंगापुरको सामुन्द्रिक तटमा हालै आयोजित अवार्डमा उनले उक्त अवार्ड जितेका हुन् ।

यो अवार्ड बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको हो । त्यहाँको कार्यक्रममा उपस्थित हुन नसकेका समिरले शनिबार राजधानीमा एक कार्यक्रमका बीच अवार्ड लिएका हुन् । ‘अवार्ड पाउँदा अत्यन्त खुसी छु । एउटा गीतका लागि गरेको मिहिनेत अवार्डले बिसाइदिएको छ,’ समिरले अवार्ड लिएपछि भने, ‘यो अवार्डले अझ राम्रा राम्रा गीत गाउन मलाई प्रेरित गरेको छ ।’

केही समयअघि काठमाडौंमा भएको ‘चौथो बिएफ डिएरहिल नेसनल क्यापिटल अवार्ड’ मा पनि उनले यही गीतबाट ‘सर्वोत्कृष्ट पप गायक’ को अवार्ड प्राप्त गरेका थिए । हरर गायकका रुपमा परिचित समिरको ‘जब म’, ‘माया’, ‘डाँडापारी’ लगायतका गीत निकै चलेका छन् ।

प्रतिक्रिया