अकृचको ‘मेरी ज्यानु’ बजारमा

शुकदेव थपलिया, काभ्रे । कलाकार तथा निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ को नवीनतम सांगीतिक प्रस्तुति ‘मेरी ज्यानु’ सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आएका अकृच रंग पत्रकारितामा समेत संलग्न छन् । अकृचको लय तथा शब्द रहेको ‘मेरी ज्यानु’ गीत झ्याउरे लयमा तयार पारिएको छ ।

गीतमा सूर्यकिरण लामाको संगीतमा कमल दाहाल, जितु लोप्चन, नानीराम परियार, कुमारी तामाङले कर्णप्रिय स्वर दिएका छन् । गीतको भिडियोमा मनोज श्रेष्ठ, जानुका श्रेष्ठ, पाल्देन लामा, स्वेता गोले, दुर्गेश थोकर, मालती कुवँरको अभिनय छ ।

अशोक रंजितको छायांकन तथा सम्पादन रहेको भिडियोमा मञ्जु मानन्धरको शृंगार रहेको छ । गौरीशंकर सांस्कृतिक समूह पाँचखाल खावाले निर्माण गरेकोे उक्त भिडियोको निर्देशन अमरकृष्ण चन्दले गरेका छन् ।

उक्त भिडियोलाई बुढा सुब्बा म्युजिकले बजारमा ल्याएको हो । भिडियोको परिकल्पना भने गौरीशंकर सांस्कृतिक समूहका अध्यक्ष सुमित तामाङले गरेका हुन् ।

गीतले नेपाली सागीतिक क्षेत्रमा आफ्नो छुट्टै बजार बनाउने अकृचले बताए । झ्याउरे लयको नयाँ गीतको बजारमा खडेरी रहेको अवस्थामा सार्वजनिक मेरी ज्यानु निकै नै उत्कृष्ट बनेको निर्माण पक्षले दावी गरेको छ ।

प्रतिक्रिया