स्टेसनरी व्यवसायी महासंघकाे पाँचौँ राष्ट्रिय महाधिवेशन हुँदै

काठमाडौं । नेपालमा पुस्तक तथा स्टेसनरी व्यवसाय गर्ने व्यवसायीको छाता संस्था नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सम्मेलन हुने भएको छ ।

‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, सांगठनिक आधार’ भन्ने मूल नाराका साथ महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २८ र २९ पौष ०७५ मा काठमाडौंमा सम्पन्न हुँदैछ ।

उक्त महाधिवेशनमा १५ हजार व्यावसायिक सदस्यमध्ये ७० जिल्ला र प्रदेश गरी ५ सय ५० जना प्रतिनिधि र त्यति नै संख्यामा पर्यवेक्षक उपस्थित हुने महासंघले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा आयोजक समिति र उक्त समितिअन्तर्गत १३ वटा उपसमिति गठन भएको प्रचार प्रसार समितिका संयोजक एवं सचिव पुष्पराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया