लाइन विस्तार कार्यमा ढिलाई

बझाङ । सुदूूरपश्चिम प्रदेशको बझाङ जिल्लामा नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको विद्युत् लाइन विस्तार कार्यमा ढिलाइ हँुदा बझाङका स्थानीयवासी अँध्यारोमुनि बस्न बाध्य भएका छन् ।

नेपाल विद्युुत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले बैतडी जिल्लाको खोड्पेदेखि बझाङ सदरमुकाम चैनपुरसम्म विगत् दुई वर्षयता राष्ट्रिय प्रसारण लाइन विस्तार गर्दै आएको छ । प्राधिकरणले बझाङ जिल्लामा ३३ केभी विद्युत प्रसारण लाइन विस्तारका लागि विगत दुई वर्षअघि बोलपत्र आह्वान गरेको थियो ।

बझाङ सदरमुकाम चैनपुरसम्म राष्ट्रिय प्रसारण विद्युुत् लाइन विस्तार गर्न अन्जला कन्ट्रक्सन प्रालिले जिम्मा लिएको दुई वर्ष बितिसक्दासमेत बझाङ जिल्लामा अझै विद्युुत सेवा सुचारु हुन सकेको छैन । लाइन विस्तार कार्यको जिम्मा लिएका कम्पनीहरूले ढिलासुस्ती गरेपछि समयमै विद्युत बाल्न नसकिएको बझाङका स्थानीयवासीले गुनासो गरेका छन् ।

विद्युुत प्राधिकरणले गत २५ असोजमा बझाङ सदरमुकाम चैनपुरमा विद्युुत बाल्ने बताएको भएता पनि हालसम्म भने सदरमुकामवासीले अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ । विद्युत् सेवा नहुँदा सदरमुकाममा रहेका साना तथा मझौला उद्योगहरू बन्द गरिएका छन् ।

विस्तार गरिएको विद्युत लाइनको परीक्षण भइरहेकाले अबको एक साताभित्र बझाङ सदरमुकामसम्म विद्युुत बाल्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाले जानकारी दिएको छ । समयमै विद्युत् सेवा नपाउँदा कार्यालय तथा घरायसी काममा समस्या आएको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया