सानिमा लाइफको ‘शुभलक्ष्मी जीवन बिमा योजना’

 

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘शुभलक्ष्मी (सावधिक) जीवन बिमा योजना’ ल्याएको छ । यस योजनामा बिमा गर्दा कम्पनीको मुनाफामा भाग लिन पाइने र परिस्थिति अनुसार बिमा रकमको तीन गुणा सम्म बिमा सुविधा पाइने छ ।

यो योजना मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सरल बिमा शुल्कमा १० लाख रूपैयाँसम्मको बिमा गर्न पाईने आकर्षक बिमा सुबिधा भएको नविनतम बिमा योजना भएकोले जीवन बिमाको क्षेत्रमा उत्कृष्ट सावित हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया