करिश्माले ल्याइन् नेपालकी छोरी

काठमाडौं । गीतकार करिश्मा घामको रचना तथा मिलन अमात्यको आवाज रहेको ‘नेपालकी छोरी’ गीत सार्वजनिक भएको छ ।

बेलायत निवासी करिश्माको ‘मुटु’ एल्बममा समावेश रहेको ‘नेपालकी छोरी’ गीत भिडियोसहित सार्वजनिक भएको हो । राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । भिडियो मोडल पेसला कटुवालको अभिनय छ ।

मुकेश हुमागाईंको छायांकन, अमृत चापागार्इंको सम्पादन, माला मगरको कोरियोग्राफी रहेको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया