जाकार्ताबाट उडेको विमान दुर्घटना

काठमाडौं । इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ विमान दुर्घटना भएको छ ।

बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेट मै सम्पर्क विहिन भएको थियो ।

उक्त जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही मिनेटमै जहाज सम्पर्क्विहीन भएको थियो ।

समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्क्विहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् ।

अहिले खोजी तथा उद्धार कार्य जारी छ । जहाजमा चालक दलसहित १सय ८९ यात्रु रहेको जनाइएको छ ।

प्रतिक्रिया