फिफा वरियतामा नेपाल एक स्थान तल

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ स्थान तल झरेको छ । गएको महिना १ सय ६०औँ स्थानमा रहेको नेपाल अहिले १ सय ६१औँ स्थानमा पुगेको हो ।

दक्षिण एसियामा सबैभन्दा अघि भारत ९७ औँ स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५१औँ स्थानमा रहेको छ । नेपालभन्दा पछि भुटान १ सय ८८, बंगलादेश १ सय ९४, पाकिस्तान १ सय ९९ र श्रीलंका २०१औँ स्थानमा छन् ।

वरियतामा बेल्जियम शीर्ष स्थानमा पुगेको छ । गएको महिना फ्रान्ससँगै शीर्ष स्थानमा रहेको बेल्जियम अहिले एक्लै शीर्षमा रहेको हो । फ्रान्स दोस्रो स्थानमा झरेको छ ।

वरियतामा सबैभन्दा राम्रो ८ स्थान सुधार गरेर जिब्राल्टर १ सय ९०औँ स्थानमा पुगेको छ । सबैभन्दा खराब मोजाम्बिक ९ स्थान तल झरेर १ सय २२औँ स्थानमा पुगेको छ ।

यी हुन् उत्कृष्ट १५ देश

बेल्जियम, फ्रान्स, ब्राजिल, क्रोएसिया, इंग्ल्यान्ड, उरुग्वे, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन, डेनमार्क, कोलम्बिया, अर्जेन्टिना, चिली, जर्मनी र नेदरल्यान्ड्स ।

प्रतिक्रिया