काठमाडौं । नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्पियनसिपमा सुखद् सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालले माल्दिभ्सलाई ४–० ले हराएको छ ।
नेपालले पहिलो र दोस्रो हाफमा समान २ गोल गर्दै फराकिलो जित दर्ता गराएको छ । जान लिम्बूको पेनाल्टी गोलबाट २८औँ मिनेटमा नेपालले खेलमा अग्रता बनाएको थियो ।
राकेश विश्वकर्मालाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा जानले गोल गरेका थिए । नमश थापा मगरले ३५औँ मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।
एकपक्षीय खेलको ६३औँ मिनेटमा शशांक बोहोराले ६३औँ मिनेटमा गोल गरे । अर्को गोल दीपेश राईले ६८औँ निमेटमा गरेपछि नेपालको जितको अन्तर फराकिलो बनेको थियो ।
नेण्पाल रहेको समूह ‘बी’ को बिहीबार नै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ ले हराएको थियो ।
प्रतिक्रिया