घर जान १ लाख १५ हजार टिकट बुकिङ

काठमाडौं । दसैँमा नागढुंगा हुँदै उपत्यका बाहिरिन १ लाख १५ हजार मानिसले टिकट बुकिङ गरेका छन् ।

दसैको तेस्रो दिन अर्थात् असोज २६ गते दिउँसो २ बजे सम्ममा १ लाख १५ हजार टिकट बुकिङ भएको जानकारी सामुदायिक सेवा केन्द्र यात्रु सहायता कक्ष गोंगबु नयाँ बसपार्कले दिएको छ ।

गोंगबु नयाँबसपार्क बाट बर्षै पिच्छे लाखौ लाख यात्रु भित्रिने गरेका छन् । सामुदायिक सेवा केन्द्र यात्रु सहायता कक्षले यात्रुलाई सहज सुविधा दिने निर्णय गरेको छ ।

सामुदायिक सेवा केन्द्र यात्रु सहायता कक्ष गोंगबु नयाँ बसपार्कका जवान देवेन्द्र बलायरले भने, ‘यात्रुबाट दुरीको हिसाबमा टिकट शुल्क लिएका छाँै ।’ यात्रुले दसैँमा सहज यात्रा गर्न सकुन भनि नेपाल सरकारले तीन किसिमको सवारीसुविधा उपलब्ध गराएको बलाएरले बताए ।

बलायरले थपे, ‘उपत्यकाबाहिर चल्ने सवारीसाधन भनेका ‘एसी, नर्मल र डिलक्स हुन् । यात्रुले यी तीन किसिमको सवारी साधनबाट छुट्टाछुट्टै सुविधा लिँदै छन् ।

नर्मल सवारीसाधन उपभोग गरेबापत उपत्यका बाहिरिने यात्रुले नेपाल सरकारको दर रेट अनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । डिलक्स सवारीसाधन उपभोग गर्ने यात्रुले नर्मल सवारीसाधन उपभोग गरेभन्दा २० प्रतिशत बढी शुल्क तिर्नुपर्ने हुन्छ भने, एसी सवारीसाधन उपभोग गर्ने यात्रुले डिलक्स चढेभन्दा अझ २० प्रतिशत बढी शुल्क तिर्नुपर्ने नियम रहेको छ ।

‘धेरैभन्दा धेरै यात्रुले एसीको सुविधा लिन चाहने बलायरले जानकारी दिए । एसीको सेवा भएको सवारी साधनमा टवाइलेटलगायत बाथरुको उपभोग हुँदै पिउने पानी र पु्रmटीको पनि सेवा लिन पाउनेछन् ।

प्रतिक्रिया