विपद् जोखिम न्यूनीकरणमा प्रदेशको चासो

पाँचथर । तीन जिल्लाका स्थानीय तहका कर्मचारीबीच विपद् जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । बुधबारदेखि पाँचथरमा सुरु भएको ताप्लेजुङ, पाँचथर र इलामका स्थानीय नगरपालिका तथा गाउँपालिकास्तरीय कार्यकारी, योजना प्रमुख, सुरक्षा निकाय, रेडक्रस लगायतका ४० जना कर्मचारीको सहभागिता थियो ।

कार्यक्रम नेपाल, सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश–१ विराटनगरले आयोजना गरेको हो । तालिमपश्चात् १० बँुदे फिदिम प्रतिबद्धतापत्रसमेत जारी भएको छ ।

प्रतिबद्धताप्रत्रमा तीन जिल्लामा विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गर्दै स्थानीय तह, जिल्ला तह, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवालाबीच आवश्यक अन्तत्र्रिmया, अभ्यास र अनुभवको आदानप्रदान गर्दै विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेजस्ता कुरा समेटिएको छ ।

समापन समारोहमा प्रदेश सचिव गोपालप्रसाद पराजुलीले सरकारको काम देखिनेगरी गर्न मन्तव्य राखेका थिए । त्यस्तै, पाँचथर जिसस प्रमुख विष्णुप्रसाद सापकोटाले तालिमका सहभागीहरूलाइ ठूलो भारी बोकाएको र बोकेर कामको भारी बिसाउनु हुने व्यक्त गरे ।

त्यस्तै, कानुन मन्त्रालयका उपसचिव रवीन्द्र आर्चायले उद्देश्यबारे प्रस्ट पारेका थिए । पाँचथरका सिडिओले कामकारबाहीका लागि कुनै कसर नरहने गरी प्रयत्न रहने जनाएका थिए । फिदिम नगरका मेयर ओनाहाङ नेम्वाङले सरकारको कामलाई मध्यनजर गर्दै काम गर्ने बताए ।

प्रतिक्रिया