स्याउको आयात बढ्यो


रसुवा । बडादसैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् । गत साउन÷भदौमा स्याउ न्यून रूपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ ।

दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी, दसैँका लागि तयारी पोसाक, खेलौनालगायत सामग्रीको आयात बढेको छ । असोज १८ गतेसम्म १ अर्ब ६३ करोड राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

असोजको भन्सार शुल्क असुली लक्ष्य ५७ करोड २४ लाख रहेको छ । व्यवसायीले दसैँका सामग्री आयातमा तिव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ । ३० भन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । ‘दैनिक ७० भन्दा बढी मालवाहक सवारी साधनको जाँच हुने गरेको छ,’ कोइरालाले भने ।

प्रतिक्रिया