चलचित्र बनाउँदै प्रियंका


काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले चलचित्र निर्माणको तयारीमा रहेकी छन् ।

अर्को वर्ष छायांकन गरिने चलचित्रको अहिले स्क्रिप्टको काम भइरहेको कार्कीले जानकारी दिइन् ।

उनको ‘प्रिंकलबल पिक्चर्स’ प्रोडक्सन हाउसबाट आगामी वर्ष चलचित्र बनाउने बताइन् ।

चलचित्र क्षेत्रमै अभिनयबाहेक पनि केही गर्ने इच्छा रहेको बताउँदै उनले आफ्नै प्रोडक्सन हाउसमार्फत चलचित्रमा निर्माण हात हालेको जनाइन् ।

सान बस्न्यात र प्रियंका स्क्रिप्टको काममा जुटिरहेका छन् ।

प्रतिक्रिया