बेवारिसे शिशु जंगलमा जीवितै

ताप्लेजुङ । फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु (बालक) बेवारिसे अवस्थामा भेटिएका छन् ।

जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै कपडाले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले शिशु देखेपछि उद्धार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी काशीनाथ रेग्मीका अनुसार स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरेपछि प्रहरी र स्थानीयले विमानस्थलसम्म ल्याएका थिए । शिशुलाई जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला अस्पतालका प्रमुख सचिन यादवकाअनुसार सो शिशु करिब एक हप्ता सम्मको हो । कसले बेवारिसे अवस्थामा जंगलमा छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया