इन्टरपोलका अध्यक्ष ‘चीनमा वेपत्ता’

पेरिस । इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनकीे पत्नीलेले जानकारी दिएकी छन् । अध्यक्ष मेङ होङवेइकी पत्नीले आफ्ना ६४ वर्षिय पति सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ ।

उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना पतिका बारेमा थप केही थाहा नपाएको जानकारी दिइन् । फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ ।

इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ । ‘फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी निकायको पमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचालन गर्ने भएको छ ।

मेङ गत सन् २०१६ को नोभेम्बरमा इन्टरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ ।

प्रतिक्रिया