गान्धीले रोक्न चाहेनन् भगत सिंहको फाँसी सजाय

भारतका क्रान्तिकारी एवं आदर्शवादी चर्र्चित नेता भगत सिंह सुरुदेखि विद्रोही स्वभावका थिए । उनी विद्रोह, सशस्त्र क्रान्तिका माध्यमबाट स्वतन्त्रता पाउनुपर्छ भन्ने मान्यता राख्दथे । १९०७ मा जन्मिएका उनको कैयौँ स्वभाव लोकसेवक मोहनदास करमचन्द गान्धीसँग मिल्थ्यो ।

भगतले स्वदेशमा बसेर स्वतन्त्रताका आवाज उठाउँदा गान्धी दक्षिण अफ्रिकामा बसेर अहिंसाका माध्यमबाट संघर्ष गर्ने तयारीमा थिए । १९२५ मा सत्याग्रह गर्ने योजनमा गान्धी भारत आए । उनी हेर्दाहेर्दै भारतको राजनीतिक परिदृश्यमा छाउन थाले । जति वेला भगत पनि चर्चामा आइसकेका थिए । युवा अवस्थामा रहेका भगत सिंहले सशस्त्र क्रान्तिको बाटो लिएका थिए ।

अहिंसावादी गान्धी र भगतका बीचमा कैयौँ विचार र भावना भने समान थिए । देशमा रहेका गरिबको हितमा काम गर्नु दुवैको लक्ष्य थियो । दुवै भारत स्वतन्त्र भएको र जनताले सुख पाएको हेर्न चाहन्थे । स्तन्त्रताका बारेमा उनको धारणा मात्रै राजनीति थिएन । दुवै चाहन्थे, देशका जनता शोषण र दमनबाट मुक्त हुन र त्यसैमा केन्द्रित भएर उनीहरू अघि बढेका थिए ।

दुवैमा एक चीजमा भने समान धारणा थिएन । तर, पनि केही समानता भने थियो । भगत सिंह नास्तिक थिए । तर, गान्धी भने पूर्णरूपमा आस्तिक थिए । तर, धर्मको नाममा अफवाह फैलाउने गलत कामको दुवै विरोधी थिए । १९२८ सालमा साइमन कमिसनको विरोधमा भएको प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता लालालाजापत राय प्रहरीको लाठी प्रहारबाट घाइते भए ।

त्यसको केही दिनमा उनको निधन पनि भयो । लालाजीको जीवनको अन्तिम वर्षको राजनीतिबाट भगत सिंह सहमत थिएनन् । उनले लालाजीको खुलेर विरोध गरेका थिए । तर, अंगे्रजका प्रहरी अधिकारीका लाठी प्रहारबाट घाइते भएका लालाजीको स्वास्थ्य अवस्था देखेर भगत सिंह निकै आक्रोशित भएका थिए ।

भगत सिंहले त्यसको बदला लिन आफ्ना निकटका साथीहरूसँग मिलेर प्रहरी सुपिरिटेन्डेन स्कांटको हत्या गर्नेसम्मको योजना बनाए । तर, एक साथीको लापरबाहीका कारण स्कांटको ठाउँका २१ वर्षिया प्रहरी अधिकारी सांडर्सको हत्या हुन पुग्यो । त्यो घटनामा भगत सिंहलाई प्रहरी पक्राउ गर्न सकेन ।

तर, केही समयपछि उनले असेंबली सभामा बम प्रहार गरे । त्यसवेला सरदार पटेलका जेठा दाजु बिट्ठल भाइ पटेल पहिला भारतीय अध्यक्षका हैसियतमा सभा सञ्चालन गरिरहेका थिए । भगत सिंह जनधनको क्षति नहोस् भन्ने चाहन्थे । मात्रै बहिरो अंग्रेज सरकारको कानमा देशको सच्चाइ पुर्याउन चाहन्थे ।

बम फ्याँकेपछि भगत सिंह र बटुकेश्वर दत्त भाग्न सक्थे । तर, उनीहरूले स्वेच्छाले गिरफ्तारी भए । गिरफ्तारीको समयमा भगतको साथमा एउटा पेस्तोल पनि थियो । केही समयको अनुसन्धानपछि प्रहरीले पत्ता लगायो । प्रहरी अधिकारी सांडर्सको हत्यामा त्यही पेस्तोलको प्रयोग भएको थियो ।

त्यसैले असेंबली सभामा बम फ्याँकेको आरोपमा पक्राउ परेका भगतलाई सांडर्सको हत्या गरेको गम्भीर आरोपमा दोषी ठहर गर्दै फाँसीको दिइयो । १९३० सालमा दांडी कुचपछि कांग्रेस र अंग्रेज सरकारका बीचमा संघर्ष उत्कर्षमा थियो । यसका साथै भारतको राज्य व्यवस्थामा सुधार गर्नका लागि (ब्रितानी) ब्रिटिस सरकारले अलगअलग नेताको गोलमेच सम्मेलनमा सहभागी हुनका लागि लन्डन बोलाइयो ।

त्यस पहिला गोलमेच सम्मेलनमा गान्धी र कांग्रेसले भाग लिएका थिएनन् । त्यसपछि अर्को सम्मेलनमा ब्रिटेन सरकारले पहिलो सम्मेलनजस्तो अवस्थाबाट बच्नका लागि संघर्षको सट्टा संवादको बाटोमा अघि बढ्ने निर्णय लिएको थियो । १७ फेब्रुअरी १९३१ देखि वायसराय इरबिन र गान्धीको बीचमा संवादको सुरुआत भयो ।

त्यसपछि ५ मार्च १९३१ मा दुइका बीचमा एक सम्झौता भयो । त्यो सम्झौतामा शान्तिपूर्ण अहिंसात्मक संघर्ष गरेका सबै कैदीलाई रिहा गर्ने निर्णय भयो ।

यद्यपि, राजकीय हत्याको सवालमा फाँसीको सजाय सुनाइएका भगत सिंहले भने माफी पाएनन् । त्यहीँबाट विवादको सुरुआत भयो ।

त्यसपछि केही प्रश्न उठे कि जुन समय भगत सिंह र उनका अन्य साथीलाई सजाय दिइँदै थियो त्यहीवेला ब्रिटेन सरकारका साथमा सम्झौता कसरी हुनसक्छ ?

यस घटनाबाट जोडिएका प्रश्नका साथ हिन्दुस्तानमा अलगअलग स्थानमा पर्चा बाड्न थालियो । साम्यवादीहरू उक्त सम्झौताबाट आक्रोशित थिए । उनीहरू सार्वजनिक सभामा गान्धीका विरुद्ध प्रर्दशन गर्न थाले । यस बीचमा २३ मार्च १९३१ मा भगत सिंह, सुखदेव र राजगुरुलाई फाँसीको सजाय दिइयो ।

उक्त घटनापछि मान्छेमा आक्रोश बढ्दै गयो । यद्यपि, उक्त आक्रोश अंग्रेजका विरुद्ध मात्रै थिएन गान्धीका विरुद्धमा पनि थियो ।  किनकि, उनले भगत सिंहलाई फाँसी दिनु हुँदैन भन्ने बारेमा बोलेका थिएनन् । जनता चाहन्थे, ‘भगत सिंहको फाँसी माफ नभए, सम्झौता गरिनु हुँदैन,’ तर उनको भूमिका त्यस प्रकारको रहेन ।

१९३१ को मार्च २६ मा कराँचीमा कांग्रेसको अधिवेशन सुरु भयो । त्यसबाट पहिलो र अन्तिमपटक सरदार पटेल कांग्रेसका अध्यक्ष बने । २५ मार्चमा जब गान्धी त्यस अधिवेशनमा भाग लिनका लागि त्यहाँ गए उनका विरोधमा ठूलो विरोध प्रदर्शन भयो । उनको स्वागत कालो झाण्डाले गरियो । गान्धी मुर्दावाद, गान्धी फर्की जाऊ सम्मका नारा लगाए ।

उक्त विरोधलाई गान्धीले, ‘उनीहरूको गहिरो व्यथा र उनीहरूमा आउने आक्रोशको हल्का प्रदर्शन’ भएको सामान्य टिप्पणी गरे । उनले भने, ‘यहाँका जनताले धेरै नै गौरवशाली शैलीमा आफ्नो आक्रोश पोखे’ । त्यतिवेला पत्रपत्रिकामा आएका रिपोर्टअनुसार २५ मार्चको मध्यान्ह कैयौँ मान्छे त्यहाँ पुगे जहाँ गान्धी बसेका थिए ।

जानकारीअनुसार उनीहरू आक्रोशित हुँदै कराउन थाले, ‘कहाँ छ हत्यारा’ भन्दै । उनीहरूको आक्रोश गान्धीसँग थियो । त्यहीवेला उनले भेटे । जसले ती मानिसलाई एक स्थानमा लगे । त्यसको तीन घण्टासम्म दुइ पक्षका बीचमा संवाद भयो र उनीहरूलाई थामथुम पार्ने प्रयास गरियो ।

तर, साँझ उनीहरूले पुनः विरोध गर्न आए । कांग्रेसभित्र सुभाष चन्द्र बोसलगायतका कैयौँ मान्छेले गान्धी र इरबिनका बीचमा भएको सम्झौताको विरोध गरेका थिए । उनीहरूको धारणा थियो । अंग्रेज सरकार यदि भगत सिंहलाई फाँसीको सजाय माफ गर्दैन भने सम्झौता गर्नुको औचित्य छैन ।

यद्यपि, कांग्रेसको बहुमत पूरै गान्धीको पक्षमा थिए । गान्धीले त्यस मुद्दाप्रति प्रतिक्रिया दिँदै भने, ‘भगत सिंहको बहादुरीका लागि मेरो मनदेखि नै सम्मान छ तर मलाई यस्तो तरिका चाहियो जसमा आफैँ अरूलाई नोक्सान नपुगोस् भनेर आफैँ बली दिन तयार भए ।’

उनले भने, सरकार गम्भीर रूपमा घटनालाई उचाल्दै छ, तर सम्झौतामा भएका सर्तमा फाँसी रोक्न सहभागी थिएन, त्यसैले यसमा पछि फर्केर फाइदा छैन ।’ गान्धीले आफ्नो पुस्तक ‘स्वराज’ मा लेखेका छन्, ‘मृत्यु दण्डको सजाय दिइनु हुँदैन ।

उनी भन्छन्, भगत सिंह र उनका साथीसँग कुरा गर्ने अवसर पाएको भए म उनीहरूसँग भन्थेँ, ‘तपाईंहरूले रोजेको बाटो गलत र असफल छ ।’ भगवान्लाई साक्षी राखेर म यो सत्य जानकारी गराउन चाहन्छु कि हिंसाको बाटोमा हिडेर स्वराज पाउन सकिँदैन, मात्रै समस्या झेल्नुपर्ने हुन्छ ।’

‘म जति तरिकाबाट वायसरायलाई सम्झाउन सक्थेँ । मैले कोसिस गरें । मसँग उनीहरूलाई सम्झाउने जति शक्ति थियो, त्यो मैले प्रयोग गरेँ २३ तारिकको बिहान मैले वायसरायलाई एक निजी पत्र लेखेँ, जसमा मेरो सबै भावना समेटिएका थिए ।
‘भगत सिंह अहिंसाका पूजारी थिएनन् तर हिंसालाई धर्म मान्दैनन् थिए ।

यी वीरले मृत्युको डरलाई पनि जिते । उनको वीरताप्रति नमन छ । तर, उनको कार्यको अनुकरण गर्नु हदैन र सकिँदैन । उनको उक्त कार्यले देशको फाइदा भएको म मान्दिनँ, हत्या गरेर स्वतन्त्रता पाउने संस्कारको सुरुआत भयो भने मान्छे एकले अर्कोको हत्यामा न्याय देख्न थाल्छ ।’

भगत सिंहलाई फाँसीको सजाय माफ गराउनका लागि गान्धीले वायसरायलाई जोडदार रूपमा दबाब दिएको कुनै प्रमाण अध्ययन अनुसन्धानमा देखिएन । फाँसीको दिन बिहान गान्धीले जुन भावपूर्ण चिठ्ठी वायसरायलाई लेखेका थिए त्यो उनको भाषामा दबाब दिने थियो । तर, उनको त्यो कार्य निकै ढिला भइसकेको थियो ।

यस विषयमा भएका अनुसन्धानको आधारमा के भन्न सकिन्छ भने, फाँसी दिनु पूर्व गान्धी र वायसरायका बीचमा जुन संवाद भएको चर्चा थियो त्यसमा भगत सिंहको फाँसी माफीका विषयमा कुरा गर्नु गान्धीले जरुरी ठानेनन् । त्यसैले गान्धीद्वारा वायसरायसँग त्यो विषयमा आफ्नोतर्फबाट कढाइका साथ समाउन उचित ठानेनन् ।

उक्त घटनालाई लिएर मान्छेमा आएको विरोधको लहर देखेर गान्धीले आफ्ना विरुद्ध विरोध र घृणालाई स्वीकार गर्दे जनताका बीचमा आफ्ना धारण राखी रहे । भगत सिंहको बहादुरीलाई स्वीकार गर्दै उनले उनको बाटो प्रष्ट शब्दमा विरोध गर्दै त्यो बाटो गैरकानुनी भएको बताइ रहे ।

उनका भाषामा भगत सिंहले आफ्ना लागि आफैँ साजाय मागेका थिए, उनी माफी लिन तयार थिएनन्, जब उनका बुवाले माफिका लागि अपिल गरेका थिए । उनले त्यसको कडा विरोध गर्दै पत्र लेखेका थिए । गान्धीले उनको माफी गराउन सकेनन् त्यसलाई लिएर गान्धीसँग भगत सिंह कार्यसँग जोडिएका घटना समान छैनन् ।

तर, भगतको स्वभाव जान्नेले भन्न सक्छ कि उनलाई आफूले आममाफी नपाएकोमा दुःख थिएन । साम्प्रदायिकता र राष्ट्रवादको सम्बन्ध निकै पुरानो जड हो । यो त्यस कुराबाट प्रष्ट हुन्छ कि भगत सिंहलाई फाँसी दिएपछि शोक मनाउने सवालमा कानपुरमा साम्प्रदायिक दंगासमेत भयो ।जसलाई रोक्नाका लागि गएका गणेश शंकर नामका विद्यार्थीको मृत्युसमेत भएको थियो ।

भगतलाई दिएको सजायको मुद्दामा गान्धीलाई गरिएको घृणा भगतप्रति गरिएको प्रेम थियो वा गान्धीको विरोध ? यो पनि प्रश्न उठेको थियो । भगत सिंहको नाममा सालिक बनाएर त्यसलाई प्रयोग गर्नेहरूले यसलाई उपयोग गर्दै गान्धीका विरुद्ध प्रयोग भएको आरोप पनि केहीले लगाए । गान्धी र भगतका बीचमा रहेका राजनीतिक विचारको अन्तर पनि भनियो ।

भगतलाई वामपन्थी, नास्तिक, वैदिक र साम्प्रदायिकता विरोधीसमेत भन्न भ्याए, कैयौँले । भगत सिंह र बटुकेश्वर दत्तले असेंबली सभामा बम प्रहार गरेका थिए । त्यसैले, लेखक खुसवंत सिंहका पिता सरसोभा सिंह त्यहीँ थिए । उनले घटनाका बारेमा अदालतमा बयान दिँदै भगत सिंह घटनाको दोषी ठहराउँदै बयान दिएका थिए ।

यसलाई पनि वामपन्थी र दक्षिण पन्थीको बिल्ला भिराइयो । भगत सिंहका पक्षधरहरूले भगत वामपन्थी भएका कारण दक्षिणपन्थीको योजनामा उनलाई अदालतमा बयान गराइयो र फाँसी दिलाउन सहयोग पु¥याइएको समेत बताए ।

प्रतिक्रिया