‘भ्रष्टाचार रोक्न सामूहिक प्रयास चाहिन्छ’

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएकी छन् ।

आयोगको क्षेत्रीय कार्यालय इटहरीले जनप्रतिनिधिलाई लक्षित गरेर विराटनगरमा आइतबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्ने जो कोही पनी अख्तियारको दायरामा आउने बताइन् ।

भ्रष्टाचार नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने भन्दै जनप्रतिनिधिले भ्रष्टाचारको नियन्त्रणका लागी नागरिकहरूमा चेतना अभिवृद्धि गर्नुपर्ने बताइन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा हेर्दै आएको कार्यको जिम्मेवारी हटाउँदा अनुसन्धानमा बाधा उत्पन्न भएको बताए । उनले सो जिम्मेवारी आयोगले पाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै आयोगका सह–सचिव एंव प्रवक्ता रामेश्वर दंगालले ऐन नियम कानुनको परिधिभित्र रहेर आयोगले काम गरिरहेकाले कसैले उजुरी दिँदैमा विनाप्रमाण आयोगले कारबाही नगर्ने भन्दै विकास निर्माणको काममा नियमपूर्वक काम गर्न जनप्रतिनधिलाई आग्रह गरे । कार्यक्रममा आयोगको इटहरी कार्यालयका उपसचिव नरेन्द्र भटराईले भ्रष्टाचार नियन्त्रणमा आयोगको भुमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रमुख महेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, विराटनगर महागनरपालिका उपप्रमुख इन्दिरा कार्कीले लगायतले भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा मोरङ जिल्लाका १७ वटै स्थानिय तहका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरूले आयोगमा परेका उजुरीका विषय समयमा टुंगो नलाग्दा विकास निर्माण लगायतका काममा समस्या हुने गरकोमा जोड दिएका थिए । उनीहरूले आ–आप्mनो नगरपालिका तथा गाउपालिकाको समस्याबारे अख्तियारलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया