लोहोराले हिर्काएर पत्नीको हत्या

पोखरा । कास्कीको लेखनाथ खुदीस्थित सुकुम्बासी बस्तीका यानबहादुर गुरुङले पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान पत्नीको हत्यागरी भाग्दै गरेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले घरभन्दा केही टाढा खेतको डिलमुनि पराल ओढेर लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

रक्सी खाएर पत्नीसँग झगडा हुँदा घरमा रहेको लोहोरोले हिर्काएर अन्दाजी ६१ वर्षीय श्रीमाया गुरुङको हत्यागरी भाग्दै गर्दा जिल्ला प्रहरी कार्यलय कास्कीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुरुङलाई लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख ओमबहादुर रानाले वताए ।

पत्नीलाई मारेर बोरामा पोकोपारी घरनजिकै फालेर गुरुङले आपूmले पत्नीलाई मारेको खबर छिमेकीलाई गराएर भागेको स्थानीयले बताए । ५२ वर्षीय यानबहादुरले नजिकैको छिमेकीलाई पत्नीलाई आपूmले मारेको भन्दै साला (पत्नीको भाइ) लाई खबर पु¥याइदिन आग्रह गदै त्यहाँबाट निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एसपी ओम राना सहितको प्रहरी टोलि तत्कालै कुकुर लिएर घटनास्थलमा पुगेर सर्च थालेको थियो । पक्राउ परेका गुरुङले पत्नीको हत्या गरेको स्वीकारेका छन् । बुधबार राती रक्सी खाएर घर पुगेका गुरुङ र उनकी पत्नीबीच सामान्य भनाभन भएको थियो । विवादकै बीच आफूले नजिकै रहेको ढुंगाको लोहोराले पत्नीको टाउकोमा हानेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

शवको प्रहरीले मुचुल्का तयार गरी पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया